एमाले महाधिवेशन : उपाध्यक्ष र सचिवमा ओलीको सूचीका सबै उम्मेदवार विजयी « Khabarhub

एमाले महाधिवेशन : उपाध्यक्ष र सचिवमा ओलीको सूचीका सबै उम्मेदवार विजयी

भुसाल, आचार्य र कार्की पराजित


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको जारी महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन् । पदाधिकारी पनि ओलीले प्रस्ताव गरेको सूचीका उम्मेदवारहरुमात्र विजयी भएका छन् ।

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य १९७६ मत, सुरेन्द्र पाण्डे १९२५ मत, सुवास नेम्वाङ १८६५ मत, विष्णु पौडेलले १८५६ मत, युवराज ज्ञवाली १८४२ मत र रामबहादुर थापा १७६८ मत ल्याएर विजयी भए । यी ६ जना नै उपाध्यक्षहरु ओलीले बन्दसत्रमा प्रस्ताव गरेका नेताहरु हुन् ।

ओलीको सूची बाहिरबाट उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल पराजित भए । उनले ७२५ मत प्राप्त गरे ।

यस्तै सचिवमा पनि ओलीले प्रस्ताव गरेकामात्र विजयी भएका छन् । सचिव पदमा गोकर्ण विष्ट १९७६ मत, योगेश भट्टराई १९६४ मत, पद्मा अर्याल १८०० मत, छविलाल विश्वकर्मा १८०० मत, लेखराज भट्ट १७०४ मत, टोप बहादुर रायमाझी १७०० मत र रघुविर महासेठ १५१३ मत ल्याएर विजयी भए ।

ओलीको सूचीबाहेक उम्मेदवार बनेका भीम आचार्य १३०० मत र टंक कार्की ५०० मत ल्याएर पराजित भए ।

ओली भीम रावललाई पराजित गर्दै अध्यक्ष निर्वाचित भए भने वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिबमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका थिए ।

उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ४ : ४५ बजे

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको