अमिषाविरुद्ध जमानत वारेन्ट « Khabarhub

अमिषाविरुद्ध जमानत वारेन्ट


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– बलिउड अभिनेत्री अमिषा पटेलमाथि भोपालको एक अदालतले जमानत वारेन्ट जारी गरेको छ । अभिनेत्री पटेलमाथि अहिले चेक बाउन्सको मुद्धा चलिरहेको छ ।

यही मुद्धाका कारण उनले उनलाई अदालतले आगामी सुनुवाईको समयमा अदालतमा उपस्थित हुन आदेश दिएको छ । अदालतको आगामी सुनुवाई डिसेम्बर ४ मा हुनेछ ।

अमिषामाथि ३२ दशमलब २५ लाख रुपैंयाँको चेक बाउन्सको उजुरी परेको छ । उनीविरुद्ध यूटीएफ टेलिफिल्मसले मुद्धा दर्ता गराएको हो । कम्पनीले अभिनेत्रीले कम्पनीबाट फिल्म बनाउनका लागि पैसा लगेको र कम्पनीलाई दिइएको दुई चेक बाउन्स भएको उजुरीमा उल्लेख गरेको छ । यो मामलामा अमिषा र उनको टिमले कुनै प्रतिक्रिया दिएको छैन ।

अमिषा डिसेम्बर ४ मा अदालतमा उपस्थित भइनन् भने उनीविरुद्ध पक्राउ पुर्जी जारी हुनेछ । अमिषा लामो समयदेखि फिल्म क्षेत्रबाट टाढा छिन् । उनी चाँडै सुपरहिट फिल्म ‘गदर’को सिक्वेलमा सनी देओल र उत्कृर्ष शर्मासँग देखिँदैछिन् । उनी यो फिल्मबाहेक अर्जुन रामपाल र डेजी शाहको फिल्म ‘मिस्ट्री अफ ट्याटु’मा पनि देखिँदैछिन् ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ५ : ०० बजे

समानुपातिकमा पनि रास्वपा ठूलो अन्तरले अगाडि, कुन दलको मत कति ?

काठमाडौँ– प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फको मतगणना पनि जारी रहेको छ

पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी

काठमाडौँ – पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी भएका छन्।

कांग्रेस सभापति गगन थापालाई हराउँदै सर्लाही-४ मा रास्वपाका सिंह विजयी

सर्लाही – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र

सर्लाही ४ मा अमरेशसँग गगन थापा करिब १० हजार मतले पछाडि

काठमाडौँ – सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेशकुमार

इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित

इलाम : प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी