एमाले महाधिवेशन : १७ बुँदे घोषणापत्र जारी « Khabarhub

एमाले महाधिवेशन : १७ बुँदे घोषणापत्र जारी


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको सौराहामा जारी एमालेको १०औं महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फवाट तयार भएको घोषणापत्र बाचन गरेर सुनाएका थिए । सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ ।

१० मंसिरबाट सुरु भएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा दुई दिन लम्बियो ।

घोषणापत्रमा जनादेशसहित पुनः सत्तामा स्थापित हुने उल्लेख छ । न्याय पाउने हकको सम्मान गर्न आह्वान गरिएको घोषणापत्रले दक्षिणपन्थी अवसरवादलाई मुख्य चुनौती भनेको छ । यसलाई परास्त गर्ने प्रतिवद्धता छ ।

घोषणापत्रमा राजनीतिक स्थायित्वका लागि एमाले एकतावद्ध हुन आह्वान गरेको छ । निर्वाचन आयोगले अन्तिम मत परिणाम भने सार्वजनिक गरिसकेको छैन ।

महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । पदाधिकारी १९ जना रहेका छन् ।

सबै पदहरुमा ओली निकटै नेता निर्वाचित भएका छन् । ओलीले प्रस्ताव गरेको नाममा असहमति जनाउँदै उम्मेदवारी दिएका अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आर्चा र टंक कार्की पराजित भएका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ६ : ५५ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२