विश्वप्रकाशलाई देउवाले भने : मलाई उपदेश नदिनुहोस् (भिडियो) « Khabarhub

विश्वप्रकाशलाई देउवाले भने : मलाई उपदेश नदिनुहोस् (भिडियो)


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं कांग्रेस सभापति शेर बहादुर देउवाले पार्टीलाई एकतावद्ध भएर अघि बढाउनुपर्ने बताएका छन् ।

सुवर्ण शमशेर अध्ययन प्रतिष्ठान र गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले मंगलबार काठमाडौँमा आयोजना गरेको जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा देउवाले यसअघि पार्टीभित्रै अन्तर्घात हुँदा कांग्रेस कमजोर भएको भन्दै अव पार्टीलाई एकतावद्ध भएर अघि बढाउनुपर्ने बताए।

कांग्रेसलाई अन्तर्घातबिहीन बनाउनुुपर्ने भन्दै उनले अर्को पार्टीको चिन्ता नभई आफ्नो पार्टीको चिन्ता गर्न नेताहरुलाइ सुझाव दिए । त्यस्तै उनले आफुलाई अर्ति उपदेश नदिन सुझाव दिँदै पार्टीको बारेमा ध्यान केन्द्रित गर्न आग्रह गरे । त्यस्तै देउवाले पार्टीमा आफूले परिपक्क निर्णय गर्ने गर्दा ढिलो हुने गरेको भन्दै छिटो निर्णय गरेर पछुताउनुभन्दा निर्णय नगर्नु बेश भएको जिकिर गरे।

त्यसअघि कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दलभित्र र बाहिर आफ्ना प्रतिस्पर्धीहरूप्रति असहिष्णु हुने प्रवृत्ति सुधार गर्न केपी ओलीलाई सुझाव दिएका थिए । त्यस्तै उनले देउवालाई समेत १४ औँ महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गरेर विश्राम लिन सुझाव दिए ।

त्यस्तै कार्यक्रममा सहमहामन्त्री प्रकाशशरण महतले पार्टी नेतृत्वले समयमा नै निर्णय लिन नसक्दा समस्या हुने गरेको बताए । कार्यक्रममा रामचन्द्र घिमिरेले लेखेको राजनेता सुवर्ण शमशेर बिषयक पुस्तक बिमोचन गरिएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ८ : ११ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा