देशमा चुनावी माहौल बन्दै गएको माओवादी अध्यक्ष दाहालको भनाइ | Khabarhub Khabarhub

देशमा चुनावी माहौल बन्दै गएको माओवादी अध्यक्ष दाहालको भनाइ


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशमा चुनावी माहौल तयार भइरहेको बताएका छन् । रुपन्देहीका पार्टी नेता रामप्रसाद बन्जाडे (टंकमणि) को निधन भएको सातौं दिनको पुण्यतिथीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

विभिन्न पार्टीका अधिवेशन तथा सम्मेलन सम्पन्न भइरहनुले पनि चुनावी माहोल तयार हुँदै गएको दाहालले उल्लेख गरे । उनले भने, ‘विभिन्न पार्टीका सम्मेलन र महाधिवेशनले चुनावको तयारी भइरहेको संकेत गरेको छ, चुनावको वातावरण तयार हुँदैछ, राजनीतिक स्थायित्वको लागि चुनाव आवश्यक छ, यसलाई निष्पक्ष र धाँधलीरहित बनाउनुपर्छ ।’

उनले पार्टी नेता बन्जाडेको निधनले पार्टीलाई ठूलो क्षति पुगेको पनि बताएका छन् । जनयुद्धकालदेखि नै जस्तोसुकै जोखिम मोलेर पनि पार्टीको काममा अहोरात्र खट्ने बन्जाडेको विशिष्ट प्रकारको स्वभाव र शैली रहेको उनको भनाइ थियो ।

बन्जाडेले परिकल्पना गरेको सहिद पार्क निर्माणको सपनालाई साकार पार्न पार्टीले पहल गर्ने भन्दै त्यो पार्कमा बन्जाडेको सालिक राख्न पनि स्थानीय पार्टीलाई उनले आग्रह गरे । मृतक बन्जाडेको जीवन समेटेर पुस्तक प्रकाशन गर्न पनि पार्टी नेताहरूलाई प्रचण्डले आग्रह गरे ।

पार्टीका जिल्ला संयोजक नारायण जिसीको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा मृतक बन्जाडेकी श्रीमती खुमा बन्जाडे, पार्टी नेताहरू चक्रपाणि खनाल, पूर्णबहादुर घर्ती तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिले शोक मन्तव्य व्यक्त गरेका थिए । अध्यक्ष प्रचण्ड मंगलबार रुपन्देही पार्टीको आन्तरिक प्रशिक्षणमा पनि सहभागी भएको जिल्ला संयोजक नारायण जिसीले जानकारी दिए ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ९ : ४० बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न