देशमा चुनावी माहौल बन्दै गएको माओवादी अध्यक्ष दाहालको भनाइ « Khabarhub

देशमा चुनावी माहौल बन्दै गएको माओवादी अध्यक्ष दाहालको भनाइ


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशमा चुनावी माहौल तयार भइरहेको बताएका छन् । रुपन्देहीका पार्टी नेता रामप्रसाद बन्जाडे (टंकमणि) को निधन भएको सातौं दिनको पुण्यतिथीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

विभिन्न पार्टीका अधिवेशन तथा सम्मेलन सम्पन्न भइरहनुले पनि चुनावी माहोल तयार हुँदै गएको दाहालले उल्लेख गरे । उनले भने, ‘विभिन्न पार्टीका सम्मेलन र महाधिवेशनले चुनावको तयारी भइरहेको संकेत गरेको छ, चुनावको वातावरण तयार हुँदैछ, राजनीतिक स्थायित्वको लागि चुनाव आवश्यक छ, यसलाई निष्पक्ष र धाँधलीरहित बनाउनुपर्छ ।’

उनले पार्टी नेता बन्जाडेको निधनले पार्टीलाई ठूलो क्षति पुगेको पनि बताएका छन् । जनयुद्धकालदेखि नै जस्तोसुकै जोखिम मोलेर पनि पार्टीको काममा अहोरात्र खट्ने बन्जाडेको विशिष्ट प्रकारको स्वभाव र शैली रहेको उनको भनाइ थियो ।

बन्जाडेले परिकल्पना गरेको सहिद पार्क निर्माणको सपनालाई साकार पार्न पार्टीले पहल गर्ने भन्दै त्यो पार्कमा बन्जाडेको सालिक राख्न पनि स्थानीय पार्टीलाई उनले आग्रह गरे । मृतक बन्जाडेको जीवन समेटेर पुस्तक प्रकाशन गर्न पनि पार्टी नेताहरूलाई प्रचण्डले आग्रह गरे ।

पार्टीका जिल्ला संयोजक नारायण जिसीको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा मृतक बन्जाडेकी श्रीमती खुमा बन्जाडे, पार्टी नेताहरू चक्रपाणि खनाल, पूर्णबहादुर घर्ती तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिले शोक मन्तव्य व्यक्त गरेका थिए । अध्यक्ष प्रचण्ड मंगलबार रुपन्देही पार्टीको आन्तरिक प्रशिक्षणमा पनि सहभागी भएको जिल्ला संयोजक नारायण जिसीले जानकारी दिए ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ९ : ४० बजे

कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतले

भोटेकोसी बाढीपछि उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित

त्रिवि शिक्षण अस्पतालको अहिलेको अवस्था (तस्बिरहरू)

काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रसुवा बाढीमा परेर घाइते भएका,

भोटेकोशी बाढी : बाराका १५ जना सम्पर्कविहीन

बारा– रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि बाराका

घरमा बचेका सामान झिक्दै बाढीपीडित

काठमाडौं– क्षणभरमै भग्नावशेष बनेका घरमा बचेका सामान बाढीपीडित झिक्न थालेका छन्