बेलायती प्रकृतिशास्त्री चार्ल्स रोबर्ट डार्विनले क्रमिक विकास सिद्धान्त प्रतिपादन गरेका थिए । सन् १८३१ देखि १८३६ सम्म एचएमएस बीगल नामको पानी जहाजको समुद्री यात्राका क्रममा संग्रहित प्राणी विकासका सिद्धान्तलाई पहिलो प्रामाणिक व्याख्या मानिन्छ । ‘ईश्वर का हत्यारा’ नामबाट आरोपित डार्बिनको सिद्धान्त हिन्दु धर्मको अवतारवादसँग मिल्दोजुल्दो छ । पादरी बन्ने तयारी गरिरहेका डार्विनलाई एउटा समुद्री यात्राले जीवनमा परिवर्तन ल्याउला भन्ने अनुमान थिएन ।
इसाईयतसँग जोडिएको शुरुवाती साहित्य ‘गास्पेल’ (ईसाको जीवन, मृत्यु र उनी पुनर्जीवित भएका कथाहरु) प्रति सन्देह व्यक्त गर्दै डार्बिनले यस पुस्तकमा लेखिएका वर्णन र चमत्कारिक कथाहरुमा विरोधाभास देखिन्छ र ‘रेवेलेशन’ का रूपमा इसाईयतमाथि उनको विश्वास घट्दै गएको’ लेखका थिए । ‘गास्पेल’ लाई ईसा मसीहका बारह शिष्यहरु मध्ये का थॉमसले लेखेको थियो।
चार्ल्स डार्विन शुरुमा अनिश्वरवादी थिएनन् । आफ्नो अटोबायोग्राफीमा डार्विनले बुवाको चाहनाअनुसार पादरी बन्नका लागि अनेकौं इसाई धर्मग्रन्थहरूको गम्भीरतापूर्वक अध्ययन गरेको र चर्च अफ इंग्ल्याण्डका सबै धर्मसूत्रप्रति आफ्नो मनमा विश्वास बढेको बताउँदै बाइबलका प्रत्येक शब्दमा वर्णित सत्यको कडा र अक्षरस: पालना गर्न आफूलाई कुनै सन्देह नरहेको लेखेका छन् ।
इसाई धर्मग्रन्थ र तिनका विचारबाट प्रभावित डार्विनले आफ्नो शुरुवाती दुवै समुद्री यात्रामा आफूसँगै बाइबल पनि लिएर गएका थिए तर यात्राका क्रममा उनी विस्तारै ‘विज्ञान’ को नजिक भए र इसाई धर्मबाट टाढिँदै गए। आफ्नो बीगल (पानी जहाज) को यात्रामा घोर कट्टरतासहित अकाट्य सन्दर्भ दिने डार्विनमा आफ्नो शोधसँगै इसाई धर्मप्रतिको विस्वास कम हुँदै गएको देखिन्छ ।
डार्विन र इसाई धर्मगुरूहरू परस्परको विचारधाराप्रति व्यापक विरोधी थिए । चर्च र तिनका अनुयायीका लागि डार्विनको मानव विकास सिद्धान्त अमान्य थियो । इसाई धर्मगुरूका विचारमा डार्विनको सिद्धान्तले मनुष्य र जनावरबीच रहेको फरकलाई नै समाप्त पारेको थियो । त्यसभन्दा पनि गम्भीर आरोप लगाउँदै डार्बिनको सिद्धान्तले परमेश्वर, उनका पुत्र यशु र इसाईहरूको पवित्र धर्मग्रन्थ बाइबलको अस्तित्वमा नै प्रश्न खडा गरेको भन्ने भनियो ।
बाइबलका अनुसार परमेश्वरले पहिलो दिन सूर्य र पानी बनाए । दोश्रो दिन आकाश । तेस्रो दिन पानीलाई एकै ठाउँमा जम्मा पारेर ईश्वरले धर्ती र समुद्र बनाए तथा पृथ्वीमाथि वन जंगल लगाए । चौथो दिन परमेश्वरले ताराहरुको निर्माण गरे । पाँचौ दिन परमेश्वरले समुद्री जीवका साथै आकाशमा उड्ने पंक्षीहरु बनाए । र, छैठौं दिन परमेश्वरले धरती र जनावरमाथि अधिकारका लागि आफ्नो छवि भएको मानवको रचना गरेर उसलाई आशीर्वाद दिइयो । र, सातौं दिन परमेश्वर (यहोबा) ले विश्राम गरे ।
ग्यालिलियोलाई आजीवन कारावास र ब्रूनोलाई जिउँदै जलाइएको थियो । सम्भवत: यही कारणले डार्विन पनि आफ्ना समुद्री यात्राहरुको अनुभवमा आधारित किताब ‘द भोयज अफ बीगल’ को प्रकाशन सन् १८३९ मा गर्न भ्याए तर मूल शोधको लगभग २० वर्षपछि पनि प्राणीहरुको विकासवादसँग जोडिएको किताब प्रकाशन गर्ने हिम्मत जुटाउन सकेनन् ।
उक्त विचारधारासँग डार्बिन सहमत भएनन् । हुन त, इसाई मतानुसार यहोबाको एक दिन वर्तमान समयको चौबिस घण्टाभन्दा धेरै बढी रहेको मानिन्छ ।
डार्विनको विकासवादको सिद्धान्तले बाइबलको ठ्याक्कै उल्टो एउटा पृथक कथा भन्दछ । डार्विनले विकासवादमा आधारित आफ्नो पुस्तक ‘द ओरिजिन अफ द स्पेसिज’ मा वनस्पति र जीवित प्राणीहरुलाई ईश्वरले अलग-अलग बनाउने तर्कलाई अस्वीकार गरेका थिए ।
डार्बिनको तर्कअनुसार सबै जीव केही निश्चित जीवधारी पूर्वजका वंशज हुन् । जुन समयानुसार परिवर्तित भएर पृथ्वीमा लाखौँ प्रजातिको प्रादुर्भाव भएको हो । उनका अनुसार पुस्तौँ पुस्ता को सूक्ष्म परिवर्तनका कारण पृथ्वीमा ठूलो फरकपन घटित भएको थियो । जस्तो कि, माछाहरु नै जल र थलका जन्तुमा परिणत भएको तथा बाँदरबाट मानिस बनेको हो । यही परिवर्तनलाई परिवर्तनको ‘महाविकास’ भनिन्छ ।
यी ईश्वरविरोधी सिद्धान्तका कारण डार्विनमाथि ईश्वरको अस्तित्व मेटाउन कोशिश गरेको आरोप लगाइएको थियो ।
चार्ल्स डार्विन एक्लै ईसाई विचारधारा विरोधी वैज्ञानिक थिएनन् । उनीभन्दा पहिले कोपरनिकस, जियोर्डानो ब्रूनो र ग्यालिलियो ग्यालिलीजस्ता विचारक तथा वैज्ञानिकहरूले पनि आ-आफ्नो समयमा चर्चको आलोचना गरेका थिए । जसले गर्दा सबैलाई प्रताडित हुनुपरेको थियो ।
कोपरनिकसले आफ्नो सिद्धान्तको प्रतिपादन जीवनको अन्तिम समयतिर गरेकाले धर्मगुरुहरूका रिसबाट जोगिने मौका पाए तर ब्रूनो र ग्यालिलियोलाई ईश्वरीय मान्यताहरूको खण्डन गरेको आरोपमा चर्चले कडा दण्ड दिएको थियो ।
ग्यालिलियोलाई आजीवन कारावास र ब्रूनोलाई जिउँदै जलाइएको थियो । सम्भवत: यही कारणले डार्विन पनि आफ्ना समुद्री यात्राहरुको अनुभवमा आधारित किताब ‘द भोयज अफ बीगल’ को प्रकाशन सन् १८३९ मा गर्न भ्याए तर मूल शोधको लगभग २० वर्षपछि पनि प्राणीहरुको विकासवादसँग जोडिएको किताब प्रकाशन गर्ने हिम्मत जुटाउन सकेनन्।
पछि नोभेम्बर १८५९ मा ऐतिहासिक किताब ‘अन द ओरिजिन अफ स्पिसिज’ प्रकाशन गरियो । जसले मानव जीवनको रहस्यबारे अभूतपूर्व जानकारी जुटाइदिएको थियो । यस पुस्तकलाई जीव विकाससँगको विज्ञानसम्बन्धी मूल अवधारणा मानिन्छ ।
भगवान् विष्णुका मत्स्य, कूर्म, वराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्किसमेत दश अवतार लाई विश्वास गरिन्छ ।
किताब प्रकाशित भएपछि डार्बिनको चौतर्फी विरोध शुरू भयो । चर्चका साथै सञ्चार माध्यमले पनि उक्त पुस्तकको कडा आलोचना गरेका थिए ।
विकासका सिद्धान्तअनुसार मानिसलाई बाँदरको वंशज भनिएकाले अमेरिका र यूरोपका विद्यालय तथा विश्वविद्यालयहरूमा डार्विनको वाद पढाउन प्रतिबन्ध लगाइएको थियो । डार्विनको सिद्धान्त पढ़ाउने जीव विज्ञानका एक अध्यापकमाथि अमेरिकाको अदालतमा आधुनिक दुनियाँको सबैभन्दा चर्चित मुद्दा चलाइयो जसलाई ‘मंकी ट्रायल’ को नामले चिनिन्छ ।
एकातर्फ पश्चिमी संस्कृति र सभ्यताले डार्विनका सिद्धान्तहरु अस्वीकार गरिरहेको थियो भने अर्कोतर्फ पूर्वीय दर्शनमा हिन्दु धर्मले यस्तै प्रकारका अनेकौं कथाहरुलाई सहजताका साथ मान्यता दिँदै आएको थियो । जसले डार्विनको विकासवादलाई प्रमाणिकता प्रदान गरेको थियो । हिन्दु पौराणिक मान्यतामा भगवान विष्णुका दस अवतारहरुको वर्णन गरिएको छ । चार्ल्स डार्विनको विकासवाद र हिन्दु धर्मको अवतारवाद मा केही एकरुपता देखिन्छ ।
हिन्दु मान्यतामा आधारित अवतारवाद र डार्विनको विकासवाद परस्पर मिल्दोजुल्दो रहेको देखिन्छ । मत्स्य पुराणका अनुसार वर्तमान सृष्टिको सिर्जन र विसर्जन दशावतारको माध्यमबाट हुनेछ ।
“मत्स्य: कुर्मो वराहश्च नरसिंहोऽथ वामन:।
रामो रमश्च कृष्णश्च बुद्ध: कल्कि च ते दश:।।”
अर्थात् भगवान विष्णुका मत्स्य, कूर्म, वराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्किसमेत दश अवतार लाई विश्वास गरिन्छ ।
मत्स्य- भगवान विष्णुले पहिलो अवतार मत्स्य अर्थात् माछाको रूपमा लिइएको थियो । डार्बिनले पनि सर्वप्रथम जलचरहरु अस्तित्वमा आएको भनेका थिए ।
कूर्म- भगवान विष्णुको दोश्रो अवतार कूर्म अर्थात् कछुवा जुन उभयचर (जल तथा थलमा समान रुपले हिँड्ने) जीवको उत्पत्ति भएको मानिन्छ । विकासवादको सिद्धान्तमा पनि डार्विनको सिद्धान्तअनुसार पनि जीवहरु जलबाट निस्केर भूमिमा सरेको थियो ।
वराह – तेस्रो अवतारमा भगवान विष्णुलाई वराहका रूपमा अवतरित भएको विश्वास गरिन्छ । डार्विनले पनि उभयचरहरू पछि पृथ्वीमा दौडधुप गर्न सक्ने जीवहरुको विकास भएको स्वीकारेका थिए ।
नरसिंह – भगवान विष्णुको यस अवतारले डार्विनको सिद्धान्तअनुसार मानिसको उत्पत्ति जनावरबाट भएको पुष्टि गर्दछ । जसको प्रथम स्वरुपमा अर्द्धमानवहरु जन्मिएका थिए ।
वामन – यस अवतारमा भगवान विष्णु होचा पुड्का रूपमा प्रकट भएका थिए । डार्विनका अनुसार पूर्ण कदको मानिस जन्मिनुभन्दा पहिला अविकसित मानव अस्तित्वमा आएका थिए । यिनलाई पश्चिमा विज्ञानको भाषामा ‘हबिट’ भनिन्छ ।
परशुराम – यस अवतारमा भगवान विष्णु फरसाधारी परशुरामको रूपमा जन्मिएका थिए । विकासवादका अनुसार यति बेला मानवले हतियार र औजारहरूको उपयोग गर्न लागेका थिए ।
राम – भगवान विष्णुको यस अवतारमा विकासवादको क्रमले मानवहरुलाई सामाजिक परिवेशमा पुगेको देखाएको छ ।
यसरी डार्विनको विकासवादले मानव सभ्यताको विकासबारे प्रतिपादित गरेको सिद्धान्तहरूमा हिन्दु अवतारवादसँगको एकरुपता रहेको देखिन्छ । यसैगरी मानव समाजमा राजनीति र प्रबन्धनका मार्गदर्शक बनेर भगवान् विष्णुले कृष्णको रुपमा र ज्ञानद्वारा परमसत्यको खोजी गर्न बुद्धको रुपमा अवतरित भएको मानिन्छ । यसै क्रमको निरन्तरता स्वरुप अन्तिम अवतार बनेर कल्कि अवतारका रुपमा भगवान विष्णु आनुवंशिक रुपमा अति विकसित मानव बनेर अवतरित हुने र वर्तमान श्रृष्टि संरचनाको विसर्जन हुने विश्वास पनि गरिएको छ ।
हिन्दु संस्कृति र डार्विनको विकासवादमा आपसी समानता रहेको बताउँदै स्वामी विवेकानन्दले आफ्ना अनुयायीहरुसँग ‘अस्तित्वको लागि संघर्ष, प्रकृतिद्वारा चयन तथा सर्वोत्तमको अस्तित्व’ जस्तो सिद्धान्तहरुलाई सही रहेको बताएका थिए । डार्विनको विकासवादलाई सांख्ययोग र पतञ्जलिको योग दर्शनसँग जोड्दै उनले पश्चिमा विद्वानद्वारा गरिँदै आएको शोध पूर्वीय दर्शनमा शताब्दीयौंदेखि अस्तित्वमा रहेको बताएका थिए ।
भारतका पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरूले पनि यसबारे आफ्नो किताब ‘डिस्कभरी अफ इन्डिया’ मा ‘हाम्रा पुराण हजारौँ लाखौँ वर्षको कुरा गर्छन् । हामीलाई आधुनिक भू–गर्भ शास्त्रमा बताइएको लामो कालचक्र अथवा ताराहरुको दूरीबाट आश्चर्य हुँदैन । यही कारणले डार्विन या उनीजस्तै दोस्रो सिद्धान्तबारे हाम्रोमा कुनै विरोध भएन । त्यही समयमा यूरोपमा विरोध भएको थियो । उनका अनुसार यूरोपेलीहरूको दिमाग जुन समयचक्रमाथि आधारित थियो त्यसका आधारमा उनीहरूले केही हजार वर्षभन्दा बढी सोच्न सक्दैनथे ।
डार्विन हिन्दुत्ववादी नभए पनि हिन्दु मान्यता र उनको सिद्धान्तमा गहिरो समानता रहेको देखिन्छ । बीगल (पानी जहाज) को यात्रा शुरु गर्नुपूर्व हिन्दु धर्मसँग जोडिएका साहित्यको गहिरो अध्ययन गरिसकेका डार्विन स्वयंले आफ्नो अटोबायोग्राफीमा यो कुरा उल्लेख गरेका छन् ।
आधुनिक एवम् प्रगतिशील देखिन सनातनदेखि कायम हिन्दुत्वलाई जति विवादको विषय बनाए पनि यसको वैज्ञानिक महत्त्व र तार्किक निष्कर्षहरू अकाट्य रहेको भन्न सकिन्छ ।
प्रतिक्रिया