ओमिक्रोनको सुनामी आउँदैछ : डब्लूएचओ « Khabarhub

ओमिक्रोनको सुनामी आउँदैछ : डब्लूएचओ


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टाका कारण संक्रमितको संख्यामा सुनामी आउन सक्ने चेतावनी दिएको छ।

युरोप र अमेरिकामा कोभिड संक्रमितहरुको संख्या आश्चर्यजनक ढंगले बढिरहेका बेला डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले यस्तो चेतावनी दिएका हुन् ।

‘स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्थामा पुगेका छन् भने स्वास्थ्यकर्मीमा चाप थपिएको छ । कोभिडको नयाँ भेरियन्टले संक्रमितको सुनामी ल्याउनेछ,’ डा. गेहब्रेयससले भने ।

डब्लूएचओका अनुसार विश्वभर दैनिक नौ लाखभन्दा बढी संक्रमित थपिएका छन् । संक्रमण फैलिएपछि विभिन्न देशहरुले बुस्टर डोज दिन सुरु गरेका छन् ।
युरोपका विभिन्न देशहरुमा भने लकडाउन र नयाँ प्रतिबन्धहरु घोषणा गरिएका छन् ।

फ्रान्स र बेलायतमा अप्रत्यासित रुपमा दैनिक संक्रमितहरुको संख्या बढिरहेको छ । छिमेकी मुलुक भारतमा राजधानी नयाँ दिल्लीलगायत केही राज्यमा रात्रीकालीन कफ्र्यू घोषणा गरिएका छन् ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  ९ : २५ बजे

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस

मधेस पुगेर रवि-बालेन एकसाथ पलेटी

काठमाडौं– मधेस पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ

माओवादी छाडेका रहबर अन्सारी रास्वपातिर

काठमाडौं – नेकपा माओवादी परित्याग गरेका मधेस प्रदेशका पूर्व सांसद

जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : मेयर दाहाल

काठमाडौं– चितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफू जुनसुकै भूमिका