पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड अझै सञ्चालनमा आउन सकेन « Khabarhub

पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड अझै सञ्चालनमा आउन सकेन


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर – पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा बुधबार बिहानदेखि अवरुद्ध राजमार्ग अर्झ सञ्चालमा आउन सकेको छैन।

वर्षाका कारण डाइभर्सनमा क्षति पुग्दा बुधबार बिहानदेखि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो । नारायणगढ– बुटवल सडक विस्तारका क्रममा कावासोतीको खरकट्टा जङ्गलमा बनाइएको नयाँ डाइभर्सन वर्षाका कारण भत्किएपछि राजमार्ग अवरुद्ध भएको हो ।

अवरुद्ध भएको राजमार्ग ३० घण्टा बितिसक्दासमेत मर्मत हुन सकेको छैन । हिलोमा सवारी साधन फसेपछि झनै समस्या भएको छ । अवरुद्ध सडक खुलाउन डाइभर्सन मर्मतको काम भइरहे पनि वर्षाले माटो भिजेर हिलो हुँदा निकै समस्या भइरहेको जिल्ला प्रहरी नवलपरासीका प्रहरी निरीक्षक सागर पन्तले बताए ।

नवलपुर क्षेत्रमा आज बिहानदेखि वर्षा रोकिएकाले अब मर्मत गरेर छिट्टै सञ्चालनमा ल्याइने उहाँको भनाइ छ । फेरि वर्षा भएमा सञ्चालनमा आउन अझै समय लाग्ने उहाँले बताउनुभयो । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्डमा सडक विस्तारको काम चलिरहेकाले वर्षा हुँदा यहाँ सडक अवरुद्ध हुँदै आएको छ । धेरै ठाउँमा डाइभर्सन निर्माण हुँदा वर्षा हुनासाथ डाइभर्सन भत्किने, बिग्रने गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।

कावासोतीमा सडक अवरुद्ध भएपछि साना सवारी साधन तथा बस कावासोतीदेखि दक्षिणतर्फ पिठौली हुँदै र उत्तरतर्फ रिठ्ठेपानी हुँदै आवतजावत गरिरहेका छन् । ठूला तथा मालबाहक सवारी साधन सडकमा रोकिएका छन् । अहिले पनि कावासोती र प्रगतिनगर क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ । राजमार्ग विस्तारका क्रममा बनाइएका डाइभर्सनका कारणले वर्षाको समयमा कयौँ दिनसम्म नवलपुरस्थित पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको थियो । पुल तथा निर्माड भइरहेका कल्र्भट छिटो निर्माण नगर्दा समस्या कायम रहेको छ । विभिन्न स्थानमा बनाइएका डाइभर्सनमा सामान्य पानी पर्ने बित्तिकै क्षति हुने, हिलो हुने र सवारी वारपार हुन नसक्दा मुख्य राजमार्ग नै घण्टौँ अवरुद्ध हुने गरेको छ ।

कम जनशक्ति परिचालनले कल्भर्ट तथा पुल निर्माण गर्दा निर्माण कार्य लम्बिदै जाने गरेको छ । यसले कुनै पनि समय पानि परे राजमार्ग अवरुद्ध हुने गरेको छ। साथै पुल समयमा निर्माण नगर्दा डाइभर्सनका कारण यातायात सञ्चालनमा समेत कठिनाइ हुँदै आएको छ ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  १० : ३० बजे

महिलाको चरित्र हत्या गरेको आरोपमा कीर्तिमानी रेस्लर भगवती खड्का पक्राउ

काठमाडौं- नेपाल प्रहरी साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् एकजना महिलाको चरित्र

बालेन सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गरे ‘ग्रे लिस्ट’बाट बाहिरिन सक्छ नेपाल

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणको क्षेत्रमा आवश्यक

ट्रान्सपरेन्सीले भन्यो : नयाँ सरकारको प्रयासले नेपालमा भ्रष्टाचार नियन्त्रणको आश बढ्यो 

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको

कांग्रेसमा चर्किँदै आन्तरिक द्वन्द्व : देउवा समूहले भन्यो, ‘गगन थापालाई सभापति मान्दैनौँ’

काठमाडौं- नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवा नेतृत्वको