राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा तरुण दलले शु्क्रबार कार्यक्रम गर्ने « Khabarhub

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा तरुण दलले शु्क्रबार कार्यक्रम गर्ने


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले राष्ट्रिय मेलमिलाप दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।

तरुण दलका अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य जितजङ्ग बस्नेतद्वारा बुधबार जारी विज्ञप्तिमा नेपाली कांग्रेस र सिङ्गो देशको राजनीतिक इतिहासमा एउटा स्वर्णिम र ऐतिहासिक दिन पुस १६ गते देशभर राष्ट्रिय मेलमिलाप दिवस मनाउने जनाइएको हो ।

‘राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गर्ने कार्यक्रममा सहकार्य गर्दै सङ्गठनका तर्फबाट थप अतिरिक्त रचनात्मक र अन्य कार्यक्रम गर्न गराउनका लागि नेपाल तरुण दल आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

नेपाल तरुण दलले आफूले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा गरेको कार्यक्रमको विवरण केन्द्रमा जानकारी गर्नसमेत आग्रह गरेको छ । अध्यक्ष बस्नेतले आफूलाई पार्टीको केन्द्रीय कार्यसमितिमा निर्वाचित गर्न देशभरका तरुण युवाको महत्वपूर्ण भूमिका रहेको भन्दै सबैलाई धन्यवादसमेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  १० : ४५ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु