राष्ट्रिय महिला लिग १५ माघबाट « Khabarhub

राष्ट्रिय महिला लिग १५ माघबाट


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले १५ माघबाट राष्ट्रिय महिला लिग आयोजना गर्ने भएको छ । महिला विभाग प्रमुख हरि खड्काले १५ माघबाट लिग सुरु भई पहिलो राउण्ड सकिने र १५ दिनको विश्रामपछि दोस्रो चरणको खेल हुने जानकारी गराए ।

‘१५ माघबाट सुरु भएर लिगको पहिलो चरणको खेल सकिनेछ । पहिलो चरण सकिएपछि १५ दिन विश्राम दिएर दोस्रो चरणको लिग गर्नेछौं,’ खड्काले भने ।

यसपटक एन्फाले महिला लिगमा आठ क्लब सहभागी हुने जनाएको छ । गत वर्ष खेलेका ६ टोली र उपमेयर कप महिला लिग छनोटबाट आएका दुई टोलीबीच लिग हुने खड्काले बताए ।

लिगमा विभागीय टोलीहरू एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र यसपटक छनोट भएका धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिका छन् ।

गत जेठमा सम्मन्न लिगमा एन्फाले सहभागी टोलीलाई चार विदेशी खेलाडी खेलाउने पाउने नियम बनाएको थियो । फागुनमा समापन भएको लिगमा एपीएफले १० अंकको अग्रतासहित उपाधि कब्जा गरेको थियो ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  १२ : ३० बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले