२७ पुसदेखि राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने « Khabarhub

२७ पुसदेखि राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आयोजना हुने भएको छ । पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार २७, २८ र २९ गते २४औं पुरुष तथा नवौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुनेछ ।

नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस)ले युथ, जुनियर र सिनियरप्रतियोगिता मध्यपुर थिमिस्थित थिमी बैंक्वेटको हलमा सञ्चालन हुने बताए ।

प्रतियोगितामा जुनियर तथा सिनियर पुरुष ५५, ६१, ६७, ७३ ८१, ८९, ९६, १०२, १०९, १०९ केजी, युथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९३, १०२, १०२ केजी तौल समूह सहभागी हुनेछन् ।

त्यसैगरी जुनियर तथा सिनियर महिला ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७, ८७ केजी युथ महिलातर्फ ४०, ४५ ४९,५५, ५९, ६४, ७१,७६,८१, ८१ केजी तौल समूह सहभागी हुने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगितामा झापा, उदयपुर, मोरङ्ग, सप्तरी, सिरहा, महोत्तरी, धनुषा, बारा, पर्सा, चितवन, कास्की, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, भक्तपुर, ललितपुर, काठमाडौंका टिम सहभागी हुनेछन् ।

प्रतियोगितामा विजेतालाई महिला र पुरुषको लागि समान ९० उपाधि व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  ३ : ०० बजे

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर