२७ पुसदेखि राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने « Khabarhub

२७ पुसदेखि राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आयोजना हुने भएको छ । पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार २७, २८ र २९ गते २४औं पुरुष तथा नवौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुनेछ ।

नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस)ले युथ, जुनियर र सिनियरप्रतियोगिता मध्यपुर थिमिस्थित थिमी बैंक्वेटको हलमा सञ्चालन हुने बताए ।

प्रतियोगितामा जुनियर तथा सिनियर पुरुष ५५, ६१, ६७, ७३ ८१, ८९, ९६, १०२, १०९, १०९ केजी, युथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९३, १०२, १०२ केजी तौल समूह सहभागी हुनेछन् ।

त्यसैगरी जुनियर तथा सिनियर महिला ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७, ८७ केजी युथ महिलातर्फ ४०, ४५ ४९,५५, ५९, ६४, ७१,७६,८१, ८१ केजी तौल समूह सहभागी हुने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतियोगितामा झापा, उदयपुर, मोरङ्ग, सप्तरी, सिरहा, महोत्तरी, धनुषा, बारा, पर्सा, चितवन, कास्की, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, भक्तपुर, ललितपुर, काठमाडौंका टिम सहभागी हुनेछन् ।

प्रतियोगितामा विजेतालाई महिला र पुरुषको लागि समान ९० उपाधि व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  ३ : ०० बजे

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको

महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र

चुनाव आउँछ जान्छ, नागरिकको भरोसा जोगाउनु छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आउने जाने क्रम

जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई