सिमकोट विमानस्थलको हिउँ हटाएपछि हवाई सेवा सुरु « Khabarhub

सिमकोट विमानस्थलको हिउँ हटाएपछि हवाई सेवा सुरु


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट–हुम्लाको सिमकोट विमानस्थलको हिउँ पन्छाइएसँगै नियमित हवाई उडान सुरु भएको छ । हुम्लालाई अरु जिल्लासँग जोड्ने एकमात्र यातायात हवाई सेवा हिमपातका कारण प्रभावित भएको थियो ।

बुधबारदेखि प्रभावित विमानस्थल हिउँ पन्छाइएसँगै बिहीबारबाट सञ्चालनमा आएको छ । विमानस्थलमा जमेको हिउँ जडीबुटी व्यवसायी हुम्लाको पहलमा विहीबार बिहान पन्छाएर हवाई यातायात सञ्चालनमा आएको जडिबुटी व्यवसायीक संघका अध्यक्ष रामबहादुर भण्डारीले बताए ।

विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, जिल्लाका व्यवसायीहरूको संलग्नतामा जमेको हिउँ पन्छाइएको हो । सिमकोट विमानस्थल र एप्रोनमा जमेको हिउँ पन्छाएपछि बिहीबार बिहानबाट हवाई सेवा सुचारु भएको छ ।

हुम्लाको सदमुकाम सिमकोटमा दुई फिट हिउँ जमेको थियो भने उत्तरी क्षेत्रमा झण्डै चार फिट बढी हिउँ जमेको थियो ।

मौसममा सुधार आएलगत्तै सीता एयरले नेपालगञ्जबाट पहिलो उडान भरेको थियो । त्यस लगत्तै तारा र समिट एयरका जहाजले पनि उडान भरेका थिए । हवाई सेवा सुचारु भएपछि सिमकोटमा रोकिएका यात्रु तथा जडिबुटी ढुवानी सुरु भएको छ । न्युजकारखाना

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  ५ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै