बर्डफ्लू देखिएपछि नेपालमा कुखुराजन्य बस्तु आयातमा प्रतिबन्ध | Khabarhub Khabarhub

बर्डफ्लू देखिएपछि नेपालमा कुखुराजन्य बस्तु आयातमा प्रतिबन्ध

सतर्कता अपनाउन चिकित्सकको सुझाव


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बर्डफ्लू संक्रमण पुष्टि भएपछि सरकारले नेपालमा कुखुराजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।

संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै मुलुकभित्र निगरानी उच्च बनाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

रोग देखिएको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङकाका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १८६५ वटा हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ किलो दाना नष्ट गरिएको छ । रोग देखापरेको क्षेत्रलाई समेत निसंक्रमण तुल्याइएको जनाइएको छ ।

रोग नियन्त्रणमा सघाउन विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपोसार गर्दा स्वास्थ्य परिक्षण गर्न, फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्वन गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन समेत आग्रह गरेको छ ।

सतर्कता अपनाउन चिकित्सकको सुझाव

चिकित्सकहरूले बर्डफ्लूबाट विगतमा मानिसको मृत्युसमेत भएकाले भरसक मासु तथा मासुजन्य खाने कुरा नखान तथा खाए पनि राम्ररी पकाएर खान सुझाव दिएका छन् ।

भारतमा इन्फ्लुएन्जा ‘ए’ अन्तर्गतको एचफाइबएनएइट स्ट्रेन बर्ड फ्लू पत्ता लागेसँगै नेपालमा पनि बर्डफ्लू देखापरेको हो । चिकित्सकहरूका अनुसार नेपालमा यही स्ट्रेनको भाइरस पहिलो सन् २०१७ मार्च महिनामा देखिएको थियो।

सन् २०१९ मा बर्ड फ्लु भाइरसकै कारण नेपालमा २१ वर्षीय युवकको मृत्युसमेत भइसकेकाले यसबाट जोगिन उच्च साबधानी अपनाउन सरूवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले आग्रह गरेका छन् ।

विश्व स्वास्थ संगठनका अनुसार मानिसलाई संक्रमण गरे बर्ड फ्लुबाट हुने मृत्युदर ६० प्रतिशतसम्म छ ।

संक्रमण हुँदा के हुन्छ ?

बर्ड फ्लु भाइरसले संक्रमण गरे उच्च ज्वरो, खोकी लाग्ने, घाँटी दुख्ने, जिउ दुख्ने जस्ता मुख्य लक्षणहरु देखिने डा.पुनले बताए ।

पेट दुख्ने, छाती दुख्ने, पखाला लाग्ने जस्ता थप अरू लक्षणहरु पनि देखिन सक्ने र अन्त्यमा श्वासप्रश्वासमा अवरोध तथा निमोनिया समेत हुनसक्ने भएकाले शंका लागिसक्दा परीक्षण गर्न उनले सुझाएका छन् ।

यसको लक्षण पनि कोभिड-१९ सँग मिल्दोजुल्दो छन् । यसको परीक्षण पनि पीसीआर प्रयोगशालाबाटै गर्न सकिने विज्ञहरूले जनाएका छन् ।

 

 

 

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ८ : ४० बजे

भारवहन सीमा कार्यान्वयन गर्न यातायात विभागको ध्यानाकर्षण

काठमाडौं – यातायात व्यवसायीहरूले भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्न

प्रदेश र स्थानीय तहलाई दूरसञ्चार रोयल्टी बाँडफाँड गर्न जोड

काठमाडौं– दूरसञ्चारमा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोगबापत उठेको रोयल्टी प्रदेश र

लडाकु विमानवाहक युद्धपोत बनाउन भारतको सहयोग लिने इण्डोनेशियाको इच्छा

काठमाडौं – नौसैनिक क्षमता वृद्धि गर्न इण्डोनेशियाले आफ्नै पहलमा लडाकु

चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित

ढोरपाटन– बिहीबारदेखि परेको हिमपातका कारण चिसो बढ्दा ढोरपाटन उपत्यका क्षेत्रका

धार्मिक अल्पसङ्ख्यकमाथि आक्रमण बढेकोमा पाकिस्तानी मानव अधिकार आयोगको चिन्ता

काठमाडौँ– धार्मिक अल्पसङ्ख्यकमाथि आक्रमणका घटना बढिरहेको भन्दै पाकिस्तानको मानव अधिकार