कालीकोटका बाढीपहिरो पीडितको विचल्ली « Khabarhub

कालीकोटका बाढीपहिरो पीडितको विचल्ली


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालीकोट– कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका बाढीपीडितले जाडोमा मौसम त्रिपालमा बिताउँदै आएका छन् । गत असार १३ गते आएको बाढीपहिरोबाट विस्थापित भएका गाउँपालिका वडा नं ४, ५ र ७ का २०६ घरपरिवार अहिले जङ्गलको बीचमा त्रिपाल टाँगेर बसोबास गर्दै आएका छन् ।

बाढीपहिरोका कारणले घरबारबिहीन भएका २०६ घरपरिवारका एक हजार १२८ अहिले पनि जङ्गलको बीचमा बस्नु पर्दा उनीहरुलाई खान र बस्नमा कठिनाई रहेको वडा नं ७ का धनबहादुर बटालाले बताए ।

चिसो मौसममा त्रिपाल टाँगेर जङ्गलमा नै बस्दा बालबच्चा र बुढाबुढीलाई अझ बढी समस्या रहेको वडा नं ४ का नवराज बुढाले जानकारी दिए । ‘चिसो मौसममा जङ्गलको बीचमा बस्दा समस्या भएको छ,’ बाढीपहिरोका कारणले विस्थापित भएलाई पुनःस्थापनामा कसैले ध्यान नदिएको स्थानीयवासी धनसरा बुढाले बताए । “हामी बिचल्ली भएर जङ्गलको बीचमा बस्दै आएका छौं” उनले भने, “तर, पनि पुनःस्थापना र बस्ती बसाल्ने कुरामा कसैले ध्यान दिएको छैन् ।”

गाउँपालिका बाढीपीडितको घर रहेको गाउँ नै जोखिममा रहेको कारणले सम्भावित बस्ती बसाल्नका लागि प्रारम्भिक अध्यायन गरिएको जिल्ला नापी कार्यालयका अमिन पुनम विश्वकर्माले बताए ।

‘बस्ती बसाल्नका हामीले जग्गाका अवस्थाका विषयमा प्रारम्भिक अध्यायन गरेका छौँ’ उनले भने । अहिले बाढीपीडित बसिरहेको क्षेत्र जङ्गल रहेको त्यहाँ बस्ती बसाल्ने हो भने ठूलो मात्रामा जङ्गल फँडानी गर्नुपर्ने अवस्था रहेको अमिन विश्वकर्माले बताए । उनले भने, ‘पूरै बस्ती बसाल्नका लागि ८३ हजार ५२० वर्गमिटर अर्थात ८.३५२० हेक्टर जमीन आवश्यक पर्छ ।’

बाढीपीडितलाई शुरुको अवस्थामा केही राहत दिइएको र अहिले बस्ती बसाल्नका लागि पहल थालिएको गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले जानकारी दिए ।

‘बस्ती बसाल्न आवास निर्माणका लागि सङ्घ, र प्रदेश सरकारसँग आग्रह गरिएको छ’ उनले भने । प्रदेश सरकारले निर्माणका लागि रु एक करोड ७० लाख दिने भने पनि अहिलेसम्म रकम नआएको उनले बताए ।

बाढीपहिरोका कारण गाउँपालिकामा १६ जनाले ज्यान गुमाएका थिए भने २०६ घरपरिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १२ : ४५ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल