‘मिस नेवाः नेपाल’ले देखाए प्रतिभा « Khabarhub

‘मिस नेवाः नेपाल’ले देखाए प्रतिभा


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्र वर्षदेखि आयोजना हुँदै आएको नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’को १५ औं संस्करणका प्रतियोगीहरुले आफूमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरेका छन् । ‘नेपाल टेलिकम मिस नेवाः नेपाल ११४१’ का रुपमा हुने प्रतियोगिताका प्रतियोगीहरुले कीर्तिपुरको सःसः त्वाःमा आयोजित ‘मिस नेवाः नेपाल ट्यालेन्ट शो’ मा आ–आफ्ना प्रतिभा प्रदर्शन गरेका हुन् ।

ट्यालेन्ट शोमा प्रिया तुलाधरले कुटुम्ब धुन र स्वीकृति महर्जनले ‘सिसंया देगु’ बोलको गीतमा नृत्य गर्दा मनिकाले खड्गीकुमारी नृत्य देखाइन् । त्यस्तै रुचिका तण्डुकार, कृषा महर्जन, सृजा रञ्जितकार, लेनिका डंगोल र कृष्टीना महर्जनले नृत्य गरे ।

पूर्व मिस नेवाः सुनिता डंगोलद्वारा सञ्चालित ट्यालेन्ट शोमाम निषा महर्जनले पेन्टिङ, अन्जिला अवाले र सपना महर्जनले कवितावाचन, रोहिना महर्जनले भायलिन वादन, सौर्या शाहीले बाँसुरी वादन र रीना महर्जनले हस्तकला प्रदर्शन गरेका थिए ।

No description available.

ट्यालेन्ट शोमा नेपाल क्योकुशिन सेइसिनकाइकान कराँते संघका अध्यक्ष तथा नेपाल प्रमूख सिहान अशोककुमार श्रेष्ठ, नेपाल टेलिकमका नायबमहाप्रबन्धक राजेन्द्र श्रेष्ठ र मेनेजर सरोजकुमार शाक्य, पत्रकार दीपक श्रेष्ठ, गायिका सविना मानन्धर, नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित र बुटिक संघका संस्थापक अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ निर्णायक रहेका थिए ।

आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले ट्यालेन्ट शोमा प्रतियोगिहरुले प्रस्तुत गरेको प्रतिभाका आधारमा ‘मिस नेवाः नेपाल ट्यालेन्टेड’ चयन गरिने तथा सो उप–उपाधि प्रतियोगिताको अन्तिम स्पर्धाकै दिन घोषणा गरिने बताइन् । यस वर्षको ‘मिस नेवाः नेपाल’ आगामी फागुन ७ गते राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।
प्रतियोगितामा १५ जना नेवार सुन्दरी अन्तिम प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको कोरियोग्राफर रोजिन शाक्य र सुनीता डंगोल हुन् ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १२ : ५८ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ