कटरीना जस्तै देखिँदा जरीनलाई नोक्सान « Khabarhub

कटरीना जस्तै देखिँदा जरीनलाई नोक्सान


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– सन् २०१० मा सलमान खानको फिल्म ‘वीर’बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री जरीन खानले आफ्नो करियरलाई लिएर नयाँ खुलासा गरेकी छन् ।

उनले आफ्नो अनुहार अभिनेत्री कटरीना कैफसँग मिल्ने भएपछि त्यसको असर आफ्नो करियरमा परेको खुलाएकी हुन् । जरीनको बुझाईमा बलिउडका केही पनि निर्माता तथा निर्देशक कसैको अनुहारसँग मिल्दोजुल्दो व्यक्तिसँग काम गर्न चाहँदैनन् ।

‘मानिसहरु फिल्म उद्योगमा आफ्नो अलग पहिचान बनाउनका लागि आउछन् । न कि कोही अन्य जस्तै देखिनलाई हो ।
मैले बलिउडमा आफ्नो स्थान बनाउनका लागि ११ वर्षसम्म मेहनत गरें । तर आज पनि मानिसहरु मलाई कटरीना कैफ जस्तै सम्झन्छन्’, उनले भनेकी छन्, ‘मलाई कतिपयले पुजा भट्ट, प्रिती जिन्टा र सनी लियोनी जस्तै देखिएको पनि भन्छन् । तर मलाई कहिल्यै पनि जरीन खानको रुपमा हेरिएन ।’

जरीनका अनुसार यसअघि स्नेहा उल्लाल(जसलाई अभिनेत्री ऐश्वर्या राय बच्चनको डुप्लिकेट भनिन्थ्यो’को करियर पनि यस्तै कारणले संकटमा परेको थिए । जरीनले ‘हाउसफुल २’, ‘हेट स्टोरी ३’, ‘अक्सर २’ आदिमा काम गरिसकेकी छन् ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १ : ५५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह