कटरीना जस्तै देखिँदा जरीनलाई नोक्सान « Khabarhub

कटरीना जस्तै देखिँदा जरीनलाई नोक्सान


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– सन् २०१० मा सलमान खानको फिल्म ‘वीर’बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री जरीन खानले आफ्नो करियरलाई लिएर नयाँ खुलासा गरेकी छन् ।

उनले आफ्नो अनुहार अभिनेत्री कटरीना कैफसँग मिल्ने भएपछि त्यसको असर आफ्नो करियरमा परेको खुलाएकी हुन् । जरीनको बुझाईमा बलिउडका केही पनि निर्माता तथा निर्देशक कसैको अनुहारसँग मिल्दोजुल्दो व्यक्तिसँग काम गर्न चाहँदैनन् ।

‘मानिसहरु फिल्म उद्योगमा आफ्नो अलग पहिचान बनाउनका लागि आउछन् । न कि कोही अन्य जस्तै देखिनलाई हो ।
मैले बलिउडमा आफ्नो स्थान बनाउनका लागि ११ वर्षसम्म मेहनत गरें । तर आज पनि मानिसहरु मलाई कटरीना कैफ जस्तै सम्झन्छन्’, उनले भनेकी छन्, ‘मलाई कतिपयले पुजा भट्ट, प्रिती जिन्टा र सनी लियोनी जस्तै देखिएको पनि भन्छन् । तर मलाई कहिल्यै पनि जरीन खानको रुपमा हेरिएन ।’

जरीनका अनुसार यसअघि स्नेहा उल्लाल(जसलाई अभिनेत्री ऐश्वर्या राय बच्चनको डुप्लिकेट भनिन्थ्यो’को करियर पनि यस्तै कारणले संकटमा परेको थिए । जरीनले ‘हाउसफुल २’, ‘हेट स्टोरी ३’, ‘अक्सर २’ आदिमा काम गरिसकेकी छन् ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १ : ५५ बजे

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर