इम र प्रतिभा सम्मानित « Khabarhub

इम र प्रतिभा सम्मानित


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मनोरञ्जन रमण शर्मा अवार्डबाट इम राना र प्रतिभा माली सम्मानित भएका छन्। आइतबार राजधानीमा अवार्ड कार्यक्रम आयोजना गरि खेलाडी द्वयलाई सम्मान गरिएको हो।

राना राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान हुन् भने प्रतिभा महिला टोलीका प्रभावशाली खेलाडी हुन्। अवार्ड विजेता खेलाडी द्वयले समान ३५/३५ हजार प्रदान गरिएको छ।

कप्तान राना पछिल्लो डेढ दशकदेखि नेपालका लागि अन्तर्राष्ट्रिय खेल खेल्दै आएका छन्। उनको कप्तानीमा नेपालले अघिल्लो वर्ष काठमाडौँमा भएको साग र त्यसअघि ललितपुरमा भएको एभिसी सेन्ट्रल जोन खेलेको थियो।

प्रतिभासहितको नेपाली टोलीले नेपाली भलिबलमा इतिहास रचेको थियो। महिला भलिबल टोलीले पहिलो अन्तर्राष्ट्रिय संवरण पदक जितेको थियो। अघिल्लो संस्करणको एभिसी महिला च्याम्पियनसिपमा नेपाली टोलीले संवरण जितेको थियो।

यस्तै दक्षिण एसियाली खेलकुद (साग) मा पहिलोपटक रजत पदक हात पारेको थियो। जुन साग इतिहासमै सबैभन्दा ठूलो सफलता हो।

नेपाल भलिबल संघका अध्यक्ष शर्माको नामबाट यो अवार्ड प्रदान गरिएको हो। तेस्रो संस्करणसम्म आइपुग्दा खेलाडीको पुरस्कार बढाएको छ। अघिल्लो वर्ष कुलबहादुर थापा र सरस्वती चौधरीले यो अवार्ड प्राप्त गरेका थिए।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ३ : ०५ बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै