सभामुख सापकोटाले फिर्ता पठाए संवैधानिक परिषदको नियुक्ति सिफारिस (भिडियोसहित) « Khabarhub

सभामुख सापकोटाले फिर्ता पठाए संवैधानिक परिषदको नियुक्ति सिफारिस (भिडियोसहित)


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका विभिन्न संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पठाइएका कागजात फिर्ता पठाएका छन् ।

सभामुख सापकोटाले आइतबार संसदीय सुनुवाइका लागि प्राप्त भएका कागजात फिर्ता पठाइएको जानकारी दिएका हुन् ।

उनले अहिलेको अवस्थामा संसदीय सुनुवाइ हुन सक्ने अवस्था नरहेकाले सिफारिस फिर्ता पठाउने निर्णय लिएको बताएका थिए ।

प्रतिनिधिसभा नरहेकाले सुनुवाई हुने अवस्था नरहेकाले र अनुकुल परिस्थिति नदेखिएको तथा विगतको नजिरलाई हेरेर पत्र फिर्ता गरिएको सचिवालयका प्रवक्ता रोजनाथ पाण्डले जानकारी दिए ।

हेरौँ भिडियो

त्यस्तै सभामुखलाई जानकारी नदिई संवैधानिक परिषद्को बैठक बसेर सिफारिस गरिएकोले संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५ को नियम ६ बमाोजिम सभामुखले आफूमा निहित अधिकार प्रयोग गरी सवै कागजात परिषद् सचिवालयमा नै फिर्ता पठाएको प्रवक्ता पाण्डले बताए ।

उनले सुनुवाई समितिले ४५ दिनभित्र सुनुवाई गर्नुपर्ने र समिति नभएको अवस्थामा नाम फिर्ता पठाउने विगतको नजिर रहेको समेत जानकारी दिए ।

यसअघि पुस ५ गते संसद् सचिवालयमा संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगहरूमा नियुक्तिका लागि पत्राचार गरेको थियो ।

संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्तिका लागि नेपालको संविधानको धारा २९२ बमोजिम संसदीय सुनुवाई गर्नुपर्ने प्राबधान छ ।

यस्तो छ पत्र

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ४ : १७ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ