साताको पहिलो दिन नेप्से ५४.७५ अंकले घट्यो « Khabarhub

साताको पहिलो दिन नेप्से ५४.७५ अंकले घट्यो


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.७५ अंकले घटेको छ।

आइतबार शेयर बजार २.२६ प्रतिशतले घटेर २ हजार ३७०.५४ विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स पनि ९.७३ अंक घटेर ४३२.३३ विन्दुमा झरेको छ ।

आज सर्वाधिक रकमको शेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्सकै भएको छ । यसदिन उक्त कम्पनीको रू. ३९ करोड ८९ लाख ५९ हजार बराबरको शेयर कारोबार भएको छ । गत सातादेखि उक्त कम्पनीले लगातार सर्वाधिक रकमको शेयर कारोबार गर्दै आएको छ । उक्त कम्पनीको शेयरमूल्य ३.२४ प्रतिशत अर्थात् प्रतिकित्ता रू.७६ ले घटेर अन्तिम मूल्य रू. २ हजार २७३ कायम भएको छ ।

प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९.९३ प्रतिशतले बढेको छ । प्रतिकित्ता रू.६९ ले बढेर उक्त कम्पनीको अन्तिम मूल्य रू. ७६४ कायम भएको हो । यो दिन सर्वाधिक शेयरमूल्य रिलायन्स फाइनान्सको ८.३० प्रतिशतले घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २१ ले घटेर अन्तिम मूल्य रू. २३२ कायम भएको हो ।

यस दिन उच्च अंकले घटेको बजारमा रू.८ अर्ब ९७ करोड ३२ लाख ६ हजार बराबरको १ करोड ६२ लाख ७७ हजार २४५ कित्ता शेयर कारोबार भएको छ । कारोबार रकमले भने बजारमा उत्साह कायमै रहेको देखाउँछ । साथै कारोबारमा आएका सबै परिसूचक घटेको छ । यी मध्ये पनि वित्त समूहको परिसूचक सर्वाधिक ४.४ प्रतिशतले घटेको हो ।

त्यस्तै बैंकिङको २.४५ प्रतिशत, व्यापारिक ०.६८ प्रतिशत, होटल १.१४ प्रतिशत, विकास बैंक २.०८ प्रतिशत, जलविद्युत १.९८ प्रीतशत, निर्जीवन बीमा २.१ प्रतिशत, उत्पादन तथा प्रशोधन २.१८ प्रतिशत, अन्य १.३२ प्रतिशत, लघुवित्त २.९२ प्रतिशत, जीवन बीमा २.५८ प्रतिशत र म्युचुअल फण्डको परिसूचक ०.४७ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ४ : ५९ बजे

सशस्त्र प्रहरीले एक वर्षमा १३ करोडभन्दा बढीको अवैध सामान बरामद

भद्रपुर– सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी

मन्त्रिपरिषद्का ५ निर्णय: सुनसरी र सिरहामा मारिएका चारजना सहिद घोषित, एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने