३१ जिल्लामा निःशुल्क इन्टरनेट : नेपाल टेलिकम « Khabarhub

३१ जिल्लामा निःशुल्क इन्टरनेट : नेपाल टेलिकम


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट पुर्‍याएको जनाएको छ ।

प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो ।

३१ जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था/केन्द्र र अस्पतालहरुमा निःशुल्क इन्टरनेट पुर्‍याइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताए ।

उनका अनुसार उक्त परियोजनाअन्तर्गत ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बु, अछाम, बझाङ र बाजुरा गरी ६ जिल्लामा मर्कन्टाइल कम्युनिकेशन प्रालिले इन्टरनेट जडान सम्पन्न गरेको हो ।

बैतडी, डडेलधुरा, दार्चुला र डोटी गरी चार जिल्लामा भायानेट कम्युनिकेशनले जडान सम्पन्न गरेको छ । जाजरकोट, कालीकोट, रोल्पा, रुकुम पूर्व र रुकुम पश्चिम, डोल्पा, रुकुम, हुम्ला र मुगु गरी नौ जिल्लामा वल्र्डलिङ्क कम्युनिकेशनले ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न गरेको हो ।

त्यस्तै दैलेख, सुर्खेत, सल्यान, मनाङ, मुस्ताङ, बाग्लुङ र म्याग्दी, पाँचथर, भोजपुर, धनकुटा, तेह्रथुम र खोटाङ गरी १२ जिल्लामा टेकमाइन्डस् नेटवर्कले इन्टरनेट विस्तारको काम सम्पन्न गरेको हो । प्राधिकरणले उक्त जिल्लामा दुई वर्षका लागि निःशुल्करुपमा इन्टरनेट उपलब्ध गराउनेछ ।

यसअघि प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लामा (नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, ओखलढुङ्गा र सिन्धुली) दुई वर्षका लागि निःशुल्करुपमा इन्टरनेट सेवा प्रदान गरेको थियो ।

निःशुल्क इन्टरनेटको अवधि २०७६ साल चैतसम्म भए तापनि कोरोना भाइरस सङ्क्रमणका कारण सेवा प्रवाहलाई निरन्तरता दिएर २०७७ असोज महिनाबाट शुल्क लिने व्यवस्था गरिएको थियो ।

निःशुल्क अवधि सकिएपछि ब्रोडब्यान्ड इन्टरनेटको सेवाका लागि सम्बन्धित निकायले प्राधिकरणबाट स्वीकृत गरेको महसुल दरमा मात्र सेवा प्रदायकहरुसँग सम्झौता गरी इन्टरनेट सेवाको उपभोग गर्न सक्ने जनाएको थियो ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ६ : ०८ बजे

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री