कमलपोखरी वरिपरिका संरचनामा महानगरले लगायो डोजर « Khabarhub

कमलपोखरी वरिपरिका संरचनामा महानगरले लगायो डोजर


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले कमलपोखरी विस्तार योजनाअनुसार कमलपोखरी वरिपरिका भौतिक संरचना भत्काएको छ ।

आइतबार साँझ महानगरपालिकाले महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सतलमा डोजर लगाएर भत्काएको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले कमलपोखरीको गुरुयोजना अनुसार कमलपोखरी पुनर्निर्माण लागि ती संरचना भत्काइएको जानकारी दिए ।

‘कलपोखरी वरीपरी महानगरीय प्रहरी वृत्त कमलपोखरीको कार्यालय, कमलपोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संगक्लब भवनलगायतका संरचना थिए,’ उनले भने, ‘हामीले पूर्व योजनाअनुसार नै ती संरचना भत्काएका हौँ ।’

ज्ञवालीले योजना अनुसारको काम अघि बढाउने र त्यहाँ सुन्दर पोखरी निर्माण गर्ने बताए ।

‘हामीले पोखरी क्षेत्रभित्रै रहेको महानगरीय प्रहरी वृत्तको भवन पनि भत्काएका छौँ,’ उनले भने, ‘अब चारैतिरका कुनामा काठको कलात्मक मण्डप बनाउने योजना छ । त्यहाँ कंक्रिटको प्रयोग गर्दैनौं । समान्य रुपमा सिमेन्टको प्रयोग भने हुन्छ ।’

पछिल्ले समय विघटित संसदका सांसद गगन कुमार थापाले कमलपोखरीमा अनावश्यक बखेडा झिकेको भन्दै महानगरपालिकाले पुनर्निर्माणको काम नरोक्ने बताएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले केही दिनभित्रै कमलपोखरी पुनर्निर्माणबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने बताउँदै आएका छन् ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ८ : ०८ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल