कुवेतमा अवैध बसेका श्रमिकलाई वैधानिक बन्न एक महिना म्याद थप « Khabarhub

कुवेतमा अवैध बसेका श्रमिकलाई वैधानिक बन्न एक महिना म्याद थप


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कुवेतको आवासीय कानून उल्लंघन गरेका नेपालीसहित विदेशी नागरिकलाई वैधानिकता कायम गर्न त्यहाँको सरकारले एक महिनाको समयावधि थप गरेको छ ।

कुवेतको आन्तरिक मामिला मन्त्रालयले कुवेतको आवासीय कानुन उल्लंघन गरेका विदेशी नागरिकलाई कानूनी अनुसन्धानबिना तोकिएको जरिवाना तिरेर स्वदेश फर्कन वा आफ्नो कानुनी वैधता कायम गर्न पाउने अवधि एक थप गरेको हो ।

कानूनी वैधता कायम गर्न वा कुवेत छोडी स्वदेश फिर्ता हुन यसअघि ३१ जनवरी २०२१ सम्म समयावधि तोकिएकोमा अब फेब्रुअरी १ अर्थात भोलिदेखि शुरू हुने गरी मार्च २ सम्मका लागि थप गरिएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

नयाँ कोरोना भाइरस फैलिएसँगै देखापरेको अहिलेको असाधारण अवस्थालाई मध्येनजर गर्दै एक महिनाको अवधि थप गरिएको आन्तरिक मामिला मन्त्रालयलाई उदृत गर्दै दूतावासले जनाएको छ ।

थप गरिएको अवधिभित्र समेत आवासीय कानुन उल्लंघन गर्ने नेपाली लगायत विदेशी नागरिकहरूले आफ्नो कानूनी वैधता कायम गरेको नपाइएमा उनीहरुलाई कुवेत सरकारको कानून बमोजिम जरिवाना गर्ने, निजहरूले आवासीय भिसा प्राप्त गर्न नसक्ने र कुवेतमा पुनः फर्कन नसक्ने गरी डिपोर्ट गरिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १० : २६ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ