भारतीय राष्ट्रपति कोविन्दको शल्यक्रिया सफलतापूर्वक सम्पन्न « Khabarhub

भारतीय राष्ट्रपति कोविन्दको शल्यक्रिया सफलतापूर्वक सम्पन्न


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली(सिन्ह्वा)- भारतीय राष्ट्रपति रामनाथ कोविन्दको मुटुको ‘बाईपास सर्जरी’ सफलतापूर्वक सम्पन्न भएको छ ।

उनको उपचार भइरहेको दिल्लीस्थित ‘अल इन्डिया मेडिकल साइन्सेस (एम्स)’ ले मङ्गलबार यसबारे जानकारी गराएको हो ।

‘भारतका राष्ट्रपति रामनाथ कोविन्दले एम्समा मुटुको ‘बाइपास’ शल्यक्रिया सफलतापूर्वक गराइसकेका छन् । चिकित्सकहरूको टोलीलाई सफल शल्यक्रियाका लागि बधाई छ, संघीय रक्षामन्त्री राजनाथ सिंह राष्ट्रपतिको उपचारबारे सामाजिक सञ्जालमार्फत् सार्वजनिक सन्देशमा पुष्टि गरेका छन् ।

गत हप्ता, राष्ट्रपतिलाई छातीमा समस्या आएको बताएपछि नयाँ दिल्ली मा नै रहेको भारतीय सेनाको अनुसन्धान र रेफरल अस्पतालमा भर्ना गरिएको थियो ।

पछि उनलाई उपचारका लागि एम्समा सारिएको थियो । चिकित्सकहरूले राष्ट्रपतिको बाइपास प्रक्रियाबाट शल्यक्रिया गर्न दिएको सल्लाह बमोजिम उनको मुटुको शल्यक्रिया भएको हो ।

उपचारमा सम्लग्न भनिएका एक चिकित्सकले नाम उल्लेख नगरिकन राष्ट्रपति काविन्दको मुटुको सफल शल्यक्रिया भइसकेको र उनको अवस्था स्थिर रहेको र क्रमशः सुधार हुँदै जाने विश्वास गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वासँग बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ५ : ४५ बजे

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १