विश्वकप छनोट फुटबल : रोनाल्डोको गोलमा पोर्चुगल विजयी « Khabarhub

विश्वकप छनोट फुटबल : रोनाल्डोको गोलमा पोर्चुगल विजयी


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वकप छनोट फुटबल अन्तर्गत युरोपेली समूहको खेल अन्तर्गत क्रिष्टियानो रोनाल्डोको गोलमा पोर्चुगल विजयी भएको छ ।

समूह ए को खेलमा पोर्चुगलले लग्जेम्बर्गलाई ३–१ गोल अन्तरले हरायो हो । पोर्चुगललाई जिताउन क्रिष्टियानो रोनाल्डो, डियोगो जोटा र जोआओ पाल्हिन्हाले १–१ गोल गरे ।

यस्तै बेल्जियम र नेदरल्याण्ड्सले फराकिलो जित हात पारेको छ । समूह ईको खेलमा बेल्जियमले बेलारुसलाई ८–० गोल अन्तरले हरायो ।

हान भानाकेन र लियान्द्रो त्रोसार्दले समान २–२ गोल गर्दा मिचि बात्सुयायी, जेरेमी डोकु, डेनिस प्राएट र क्रिष्टियन बेन्टेकेले १–१ गोल गरे । यो समूहको अर्को खेलमा वेल्सले चेक रिपब्लिकलाई १–० गोल अन्तरले हरायो ।

त्यस्तै समूह जी को खेलमा नेदरल्याण्ड्सले जिब्राल्टारलाई ७–० गोल अन्तरले हरायो । मेम्फिस डिपेले २ गोल गरेको खेलमा स्टेभेन बर्घुइस, ल्युक डे जोङ, जर्जिन्हो विज्नाल्डम, डोन्येल मालेन र डोनी भान डे बीकले १–१ गोल गरे ।

समूहका अन्य खेलमा नर्वेले मोन्टेनेग्रोलाई १–० ले पराजित गर्दा टर्की र लात्भियाले समान ३–३ गोलको बराबरी खेल्यो ।

अर्को खेलमा सर्बियाले अजरबैजानलाई २–१ गोल अन्तरले हरायो । समूह एचको खेलमा साइप्रसले स्लोभेनियालाई १–०, क्रोएसियाले माल्टालाई ३–० ले र स्लोभाकियाले रुसलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ७ : ३६ बजे

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष