महोत्तरीमा सात किशोरी बेपत्ता « Khabarhub

महोत्तरीमा सात किशोरी बेपत्ता


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरीमा सातजना किशोरी एकै पटक बेपत्ता भएका छन् । मंगलबार दिउँसो घाँस काट्न गएका सातजना सम्पर्कविहीन भएका हुन् ।

भंगहा–८ स्थित धरमपुरमा घाँस काट्न गएका सातजना परिवारजनसँग सम्पर्कविहीन भएको महोत्तरीका प्रहरी उपरीक्षक दिवेश आचार्यले जानकारी दिए ।

उनका अनुसार सम्पर्कविहीन भएका सबैजना दलित परिवारका हुन्। सम्पर्कविहीन हुनेहरुमा स्थानीय १२ वर्षीय सीमा पासवान, १२ वर्षीय रञ्जन पासवान, १३ वर्षीय ज्योती पासवान, १३ वर्षीय रीया पासवान, ११ वर्षीय अर्चना पासवान, १७ वर्षीय नगीना पासवान र २० वर्षीय अस्मिता पासवान रहेका छन् ।

सम्पर्कविहीन भएकाहरुको खोजी कार्य तीब्र बनाइएको छ । प्रहरीले आसपासको स्थानीयलाई खोजीकार्यमा सहयोग गर्न आग्रहसमेत गरेका छन् । ,

उनीहरु सबै घर नजिकैको चौरमा दिउँसो घाँस काट्न गएको र साँझसम्म घर नफर्किंदा खोजबिन शुरू गरिएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ९ : ०० बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका