किन निदाउँछ हातखुट्टा ? « Khabarhub

किन निदाउँछ हातखुट्टा ?


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः मानिसको लामो समय एकै पोजिसनमा बस्दा, केहीबेर थिचिँदा वा अन्य कारणले पनि कुनै न कुनै बेला खुट्टा निदाउने वा झुम्म हुने गर्दछ ।

खुट्टा निदाउँदा एकछिन त पीडा हुन्छ र उभिन वा हिड्नसम्म सकिदैंन । तर केहीबेर पछि यो आफै हराएर जान्छ । आखिर किन यस्तो हुन्छ ?

धेरैलाई लाग्दछ, खुट्टामा पर्याप्त मात्रामा रक्तसञ्चार नभएका कारण यो निदाउने वा झुम्म हुने गर्दछ । तर खुट्टा रक्तसञ्चारका कारणले नभई नसाका कारण निदाउँछ । हाम्रो शरीरमा तारजस्तै साना नसा हुन्छन् । जो दिमाग र शरीरका हिस्साबीच सन्देश लैजाने काम गर्छन् ।

यस्तोमा लामो समयसम्म खुट्टाको सहायताले बसियो भने त्यसबेला त्यहाँको नसामा दबाब पर्छ । यस्तो शरीरका अन्य भागमा पनि हुन्छ । धेरैले लामो बसाईका बेला यस्तो अनुभव गर्छन् । यो लामो समयसम्म दबाब रहदा शरीरका अंगमा दबाब पर्दा ती अंग निदाउँछ ।

नसाहरु कोशीय फाइबरबाट बनेको हुन्छ । प्रत्येक कोशीय फाइबर अलग–अलग संवेदनालाई मष्तिष्कसम्म पुर्‍याउँने काम गर्छन् । जतिबेला यसमा दबाब पर्छ मष्तिष्कसम्म नसाले पर्याप्त मात्रामा अक्सिजन वा रक्तसञ्चार गर्न सक्दैन र दिमागसम्म उक्त अंगको बारेमा पुग्ने जानकारी रगत वा अक्सिजन अभावमा अवरुद्ध हुन्छ ।

यही कारण त्यहाँ संवेदना महसुस हुँदैंन र त्यो अंग निदाउँछ । पछि उक्त अंगमा दबाब हट्दा पुनः रगत वा अक्सिजन सञ्चार नियमित हुन्छ र अंग पुनः संवेदनशिल हुन्छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १२ : ३८ बजे

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको

भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी