किन निदाउँछ हातखुट्टा ? « Khabarhub

किन निदाउँछ हातखुट्टा ?


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः मानिसको लामो समय एकै पोजिसनमा बस्दा, केहीबेर थिचिँदा वा अन्य कारणले पनि कुनै न कुनै बेला खुट्टा निदाउने वा झुम्म हुने गर्दछ ।

खुट्टा निदाउँदा एकछिन त पीडा हुन्छ र उभिन वा हिड्नसम्म सकिदैंन । तर केहीबेर पछि यो आफै हराएर जान्छ । आखिर किन यस्तो हुन्छ ?

धेरैलाई लाग्दछ, खुट्टामा पर्याप्त मात्रामा रक्तसञ्चार नभएका कारण यो निदाउने वा झुम्म हुने गर्दछ । तर खुट्टा रक्तसञ्चारका कारणले नभई नसाका कारण निदाउँछ । हाम्रो शरीरमा तारजस्तै साना नसा हुन्छन् । जो दिमाग र शरीरका हिस्साबीच सन्देश लैजाने काम गर्छन् ।

यस्तोमा लामो समयसम्म खुट्टाको सहायताले बसियो भने त्यसबेला त्यहाँको नसामा दबाब पर्छ । यस्तो शरीरका अन्य भागमा पनि हुन्छ । धेरैले लामो बसाईका बेला यस्तो अनुभव गर्छन् । यो लामो समयसम्म दबाब रहदा शरीरका अंगमा दबाब पर्दा ती अंग निदाउँछ ।

नसाहरु कोशीय फाइबरबाट बनेको हुन्छ । प्रत्येक कोशीय फाइबर अलग–अलग संवेदनालाई मष्तिष्कसम्म पुर्‍याउँने काम गर्छन् । जतिबेला यसमा दबाब पर्छ मष्तिष्कसम्म नसाले पर्याप्त मात्रामा अक्सिजन वा रक्तसञ्चार गर्न सक्दैन र दिमागसम्म उक्त अंगको बारेमा पुग्ने जानकारी रगत वा अक्सिजन अभावमा अवरुद्ध हुन्छ ।

यही कारण त्यहाँ संवेदना महसुस हुँदैंन र त्यो अंग निदाउँछ । पछि उक्त अंगमा दबाब हट्दा पुनः रगत वा अक्सिजन सञ्चार नियमित हुन्छ र अंग पुनः संवेदनशिल हुन्छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १२ : ३८ बजे

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो