बैतडीको सिगासमा भेट्टिएको फलाम खानीको उत्खनन शुरु « Khabarhub

बैतडीको सिगासमा भेट्टिएको फलाम खानीको उत्खनन शुरु


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको सिगासमा गाउँपालिकामा भेट्टिएको फलाम खानीको उत्खनन शुरू गरिएको छ ।

गाउँपालिका– १ को सुगरखाल भन्ने स्थानमा फलाम खानी भेटिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए ।

यही चैत ८ गतेबाट फलाम खानीमा उत्खननको काम भइरहेको छ ।

उनले भने, “उक्त ठाउँमा खानीको सम्भावना देखेर भूगर्भ विभागले अध्ययन गरेको थियो, अध्ययनपश्चात सो ठाउँमा फलाम खानी रहेको देखिएकोले उत्खनन शुरु गरिएको छ ।”

सो फलाम खानीमा सुभम मिनिरल्स प्राइभेट कम्पनी तथा चीनको संयुक्त साझेदारीमा फलाम उत्खननको काम भइरहेको उनले बताए ।

सुभम मिनिरल्सले परीक्षणकालमा मात्रै करीब ८० प्रतिशत ढुङ्गामा फलाम भेटिएको बताएको छ । फलाम उत्खननका लागि वडा र गाउँपालिकाबाट सिफारिश दिएर काम शुरु भइसकेको  हो । उनले भने,“चीनका विज्ञ टोली आएर खानी उत्खनन शुरु भएको छ ।”

फलाम खानीमा फलाम भेटिएको खबर आएको र केही दिनभित्र विद्युत् विस्तारको तयारी समेत भइरहेको अध्यक्ष धामीले जानकारी दिए ।

फलाम खानी भेटिएसँगै सो ठाउँमा स्थानीयवासीले रोजगारी पाउने अपेक्षा गरिएको छ । उनले भने,“खानी भट्टिएसँगै यहाँका स्थानीयवासीले रोजगारी पाउने सम्भावना पनि छ ।”

खानी भेट्टिएको स्थानमा ३३ केभी विद्युत् प्रसारण लाइन पुर्‍याउनेलगायतका काम पनि भइरहेका छन् । यसका साथै सडक स्तरोन्नति पनि गरिने जनाइएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १ : २१ बजे

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद