लहलहैमा भारत पुगेका थिए महोत्तरीबाट बेपत्ता भएका किशोरी | Khabarhub Khabarhub

लहलहैमा भारत पुगेका थिए महोत्तरीबाट बेपत्ता भएका किशोरी


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरीको भंगहा नगरपालिका–८ धरमपुरबाट सम्पर्कविहीन भएका बालिका भारत बिहारको सीतामढीमा फेला परका छन् ।

घरबाट घाँस काट्न गएका किशोरी लहलहैमा भारत पुगेको बुझिएको छ । भारतीय प्रहरी समक्ष उनीहरुले दिएको बयान अनुसार किशोरीहरु लहलहैमा भारत पुगेको पाइएको महोत्तरी प्रहरीले जनाएको छ ।

ती किशोरी कसैले फकाएर भारत तर्फ लगेको प्रहरीले अनुमान गरेपनि उनीहरुसँग कोही व्यक्ति फेला नपरेको प्रहरीले जनाएको छ ।

किशोरीहरुले भारतीय प्रहरीलाई दिएको बयानमा आफूहरु गायिक बन्न भारत आएको बताएको भारतीय प्रहरीलाई उदृत गर्दै महोत्तरीका प्रहरी उपरीक्ष दिनेश अर्चायले जानकारी बताए ।

आचार्यले उनीहरुलाई भारतीय प्रहरीले सीतामढी रेल्वे स्टेसनबाट फेला पारेको बताए । उनीहरुको साथमा अरुकोही नभेटिएकाले अरुको उक्साहटमा नभई आफैँ गएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

भारतबाट उद्धार गरी ल्याइएका किशोरी दिउँसो २ बजे महोत्तरी आइपुग्ने र परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

भंगहा नगरपालिका ८ धरमपुरकी ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान , १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रीया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान बेपत्ता भएका थिए ।

उनीहरु मंगलबार दिउँसो घाँस काट्न साही नगरपालिकाको ९ अजगैवास्थित पुगेको बेलादेखि बेपत्ता भएका थिए ।

किशोरी बेपत्ता भएको खबरपछि परिचालित प्रहरीले भारतीय प्रहरीको सहयोगमा फेला पारेको हो । उनीहरुको खोजीमा प्रदेश प्रहरीका प्रहरी इन्सपेक्टर उमाशंकरप्रसाद साहको टोली सितामढी पुगेको थियो ।

यो पनि पढ्नुहोस्

महोत्तरीबाट हराएका किशोरी भारतमा फेला 

महोत्तरीमा सात किशोरी बेपत्ता 

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १ : २४ बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको