लहलहैमा भारत पुगेका थिए महोत्तरीबाट बेपत्ता भएका किशोरी « Khabarhub

लहलहैमा भारत पुगेका थिए महोत्तरीबाट बेपत्ता भएका किशोरी


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरीको भंगहा नगरपालिका–८ धरमपुरबाट सम्पर्कविहीन भएका बालिका भारत बिहारको सीतामढीमा फेला परका छन् ।

घरबाट घाँस काट्न गएका किशोरी लहलहैमा भारत पुगेको बुझिएको छ । भारतीय प्रहरी समक्ष उनीहरुले दिएको बयान अनुसार किशोरीहरु लहलहैमा भारत पुगेको पाइएको महोत्तरी प्रहरीले जनाएको छ ।

ती किशोरी कसैले फकाएर भारत तर्फ लगेको प्रहरीले अनुमान गरेपनि उनीहरुसँग कोही व्यक्ति फेला नपरेको प्रहरीले जनाएको छ ।

किशोरीहरुले भारतीय प्रहरीलाई दिएको बयानमा आफूहरु गायिक बन्न भारत आएको बताएको भारतीय प्रहरीलाई उदृत गर्दै महोत्तरीका प्रहरी उपरीक्ष दिनेश अर्चायले जानकारी बताए ।

आचार्यले उनीहरुलाई भारतीय प्रहरीले सीतामढी रेल्वे स्टेसनबाट फेला पारेको बताए । उनीहरुको साथमा अरुकोही नभेटिएकाले अरुको उक्साहटमा नभई आफैँ गएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

भारतबाट उद्धार गरी ल्याइएका किशोरी दिउँसो २ बजे महोत्तरी आइपुग्ने र परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

भंगहा नगरपालिका ८ धरमपुरकी ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान , १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रीया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान बेपत्ता भएका थिए ।

उनीहरु मंगलबार दिउँसो घाँस काट्न साही नगरपालिकाको ९ अजगैवास्थित पुगेको बेलादेखि बेपत्ता भएका थिए ।

किशोरी बेपत्ता भएको खबरपछि परिचालित प्रहरीले भारतीय प्रहरीको सहयोगमा फेला पारेको हो । उनीहरुको खोजीमा प्रदेश प्रहरीका प्रहरी इन्सपेक्टर उमाशंकरप्रसाद साहको टोली सितामढी पुगेको थियो ।

यो पनि पढ्नुहोस्

महोत्तरीबाट हराएका किशोरी भारतमा फेला 

महोत्तरीमा सात किशोरी बेपत्ता 

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १ : २४ बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.