कर्णालीका तीन स्थानीय तहका विद्यालय खुला « Khabarhub

कर्णालीका तीन स्थानीय तहका विद्यालय खुला


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- वायु प्रदूषण बढेका कारण नेपाल सरकारले शुक्रबारसम्म देशभरका विद्यालय बन्दको आह्वान गरे पनि कर्णालीका तीन स्थानीय पालिकाले भने पठनपाठन जारी राखेका छन् ।

सल्यानको दार्मा गाउँपालिका, रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सुर्खेतको चौकुने गाउँपालिकाले शैक्षिक संस्था खुला नै राखेर पठनपाठन गर्ने निर्णय गरेका छन् ।

वायु प्रदूषण बढेकाले देशभरका विद्यालय बन्दको आह्वान गरिए पनि यी पालिकामा त्यस्तो समस्या नआएको भन्दै विद्यालय सञ्चालन गरेका हुन् ।

वायु प्रदूषणले यतातिर समस्या नपारेकाले विद्यालय बन्द गर्नुपर्ने अवस्था नआएको सल्यानको दर्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले बताए ।

लामो समयसम्म कोभिड–१९ का कारण पठनपाठन प्रभावित भएको तथा वायु प्रदूषणको पनि प्रभाव नपरेकाले गाउँपालिकाका सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको चौकुने गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले पनि आफ्नो पालिकाभित्र वातावरणीय असहजता नभएको भन्दै नियमित विद्यालय सञ्चालन गर्ने बताएको छ ।

मङ्गलबार पत्र लेखेर शाखाले नगरभित्र यस्तो कुनै पनि खालको वातावरणीय असहजता नभएकाले विद्यालय नियमित सञ्चालन गर्न भनेको हो ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १ : ४३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै