नवलपुरमा भेटिए १४ कुष्ठरोगी « Khabarhub

नवलपुरमा भेटिए १४ कुष्ठरोगी


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा १४ कुष्ठरोगी भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पहाडी क्षेत्रमा पर्ने तीन गाउँपालिकाबाहेक सबै स्थानीय तहमा कुष्ठरोगका बिरामी भेटिएका छन् ।

स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति वीरबहादुर श्रेष्ठका अनुसार साउनदेखि फागुनसम्ममा कुष्ठरोगी भेटिएका हुन् । मध्यविन्दु नगरपालिकामा दुई महिलासहित पाँच, गैँडाकोट नगरपालिकामा दुई महिलासहित चार र देवचुली नगरपालिकामा एक महिलासहित तीन कुष्ठरोगी भेटिएका हुन् ।

यस्तै कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका एक/एक पुरुषमा कुष्ठरोग देखिएको छ । हुप्सेकोट, बुलिङटार र बौदिकाली गाउँपालिकामा भने कुष्ठरोगी फेला परेका छैनन् ।

यसअघि नवलपुरमा १६ कुष्ठरोगी सम्पर्कमा आएकामा उनीहरुको उपचार गरिएको श्रेष्ठले बताउनुभयो । कतिपय कुष्ठरोगी सामाजिक विभेदका कारण थाहै नदिई घरमा बस्ने गरेका श्रेष्ठले बताए । नवलपुरलाई कुष्ठरोग मुक्त जिल्ला बनाउने अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ ।

छालामा रातो फुस्रो दाग देखिने, छाला नदुख्ने, गिर्खाहरु आउने, अनुहारको छाला रातो र चम्किलो हुने, कानको लोती बाक्लो हुने, आँखा झिम्काउन नसकिने, शरीरको कुनै भागमा छोएको थाहा नहुने, हातखुट्टा लत्रिने जस्ता कुष्ठरोगका लक्षण हुन् ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ४ : १९ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी