अवामी नेसनल पार्टीद्धारा कार्यकर्ताको हत्याबारे छानविन गर्न माग « Khabarhub

अवामी नेसनल पार्टीद्धारा कार्यकर्ताको हत्याबारे छानविन गर्न माग


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेशावर– पाकिस्तानमा अवामी नेसनल पार्टीले आफ्नो कार्यकर्ताको हत्याको निन्दा गर्दै हत्याको छानविन गर्न सरकारलाई माग गरेको छ ।

पार्टीका प्रवक्ता असद खान अचाक्जाईको हत्याबारे छानविन गर्न अवामी नेसनल पार्टीले सरकारसमक्ष माग गरेको हो ।

प्रवक्ता असदको बेपत्ता अबस्थाबारे नै सरकारलाई सूचना गरको तर उनको सुरक्षा गर्न सरकार असफल भएको भन्दै पार्टीका अध्यक्ष अस्फन्द्यार वाली खानले आलोचना गरेका छन् ।

बलोचिस्तानको उच्च अदालतमा प्रवत्ता असदको खोजी गर्न अपील गरे पनि अदालतले काम नगरेको अध्यक्ष खानले बताएका छन् । अवामी नेसनल पार्टीका नेता तथा कार्यकर्ताले देशमा आतंकवादविरुद्ध शान्ति कायम गर्न त्याग गरेको उनले बताए ।

चार महिना यता बेपत्ता भएका प्रवक्ता असदको अपरिचित समुहद्धारा हत्या भएको बताइएको छ ।

पार्टीका उपाध्यक्ष अमीर हेदर खान होटीले नागरिकको रक्षा गर्नु सरकारको दायित्व रहेको र हत्याको छानविन गर्न सरकारलाई माग गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ६ : ०३ बजे

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १