अवामी नेसनल पार्टीद्धारा कार्यकर्ताको हत्याबारे छानविन गर्न माग « Khabarhub

अवामी नेसनल पार्टीद्धारा कार्यकर्ताको हत्याबारे छानविन गर्न माग


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेशावर– पाकिस्तानमा अवामी नेसनल पार्टीले आफ्नो कार्यकर्ताको हत्याको निन्दा गर्दै हत्याको छानविन गर्न सरकारलाई माग गरेको छ ।

पार्टीका प्रवक्ता असद खान अचाक्जाईको हत्याबारे छानविन गर्न अवामी नेसनल पार्टीले सरकारसमक्ष माग गरेको हो ।

प्रवक्ता असदको बेपत्ता अबस्थाबारे नै सरकारलाई सूचना गरको तर उनको सुरक्षा गर्न सरकार असफल भएको भन्दै पार्टीका अध्यक्ष अस्फन्द्यार वाली खानले आलोचना गरेका छन् ।

बलोचिस्तानको उच्च अदालतमा प्रवत्ता असदको खोजी गर्न अपील गरे पनि अदालतले काम नगरेको अध्यक्ष खानले बताएका छन् । अवामी नेसनल पार्टीका नेता तथा कार्यकर्ताले देशमा आतंकवादविरुद्ध शान्ति कायम गर्न त्याग गरेको उनले बताए ।

चार महिना यता बेपत्ता भएका प्रवक्ता असदको अपरिचित समुहद्धारा हत्या भएको बताइएको छ ।

पार्टीका उपाध्यक्ष अमीर हेदर खान होटीले नागरिकको रक्षा गर्नु सरकारको दायित्व रहेको र हत्याको छानविन गर्न सरकारलाई माग गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ६ : ०३ बजे

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर