नीति तथा कार्यक्रममा समावेश गर्ने विषयवस्तुबारे सुझाव दिन माग « Khabarhub

नीति तथा कार्यक्रममा समावेश गर्ने विषयवस्तुबारे सुझाव दिन माग


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका लागि सुझाव दिन आह्वान गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक सूचना जारी गर्दै नीति तथा कार्यक्रममा समावेश गरिनुपर्ने विषयवस्तुका बारेमा आफ्ना सुझाव दिन आम नागरिकसमक्ष अनुरोध गरेको हो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम तर्जुमा गर्ने कामको थालनी गरिसकेको जनाउँदै उक्त नीति तथा कार्यक्रममा समावेश गरिनुपर्ने विषयवस्तुका बारेमा आफ्ना सुझाव दिन विभिन्न सङ्घसंस्था, स्थानीय तह, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चार जगत् तथा आम नागरिकसमक्ष सुझाव माग गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

नीति तथा कार्यक्रमका बारेमा दिइने सुझाव विसं २०७७ को चैत मसान्तभित्र कार्यालयले उपलब्ध गराएको विद्युतीय ठेगानामा पठाइसक्नुपर्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ७ : ३४ बजे

कांग्रेस नेता खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर

रास्कोट नगरपालिकालाई अब ‘डिजिटल पालिका’ बनाइने

मान्म– रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ बनाइने भएको छ । कर्णाली

सरकारका नीतिगत सुधारप्रति उद्योग परिसङ्घको स्वागत, निजी क्षेत्रसँग सहकार्यमा जोड

काठमाडौं- नवगठित सरकारले पुराना तथा असान्दर्भिक कानुन खारेज गर्न प्रक्रिया

तस्बिरमा हेर्नुहाेस्, सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं– वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ लगनटोल पुर्‍याइएसंगै

ओली-लेखक पक्राउ गर्दा सरकारले संयमता गुमायो, प्रहरीको व्यवहार परिपक्व भएन : प्रा.डा. संग्रौला

काठमाडौं- पूर्वन्यायाधिवक्ता प्रा. डा. युवराज संग्रौला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली