नीति तथा कार्यक्रममा समावेश गर्ने विषयवस्तुबारे सुझाव दिन माग « Khabarhub

नीति तथा कार्यक्रममा समावेश गर्ने विषयवस्तुबारे सुझाव दिन माग


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रमका लागि सुझाव दिन आह्वान गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक सूचना जारी गर्दै नीति तथा कार्यक्रममा समावेश गरिनुपर्ने विषयवस्तुका बारेमा आफ्ना सुझाव दिन आम नागरिकसमक्ष अनुरोध गरेको हो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम तर्जुमा गर्ने कामको थालनी गरिसकेको जनाउँदै उक्त नीति तथा कार्यक्रममा समावेश गरिनुपर्ने विषयवस्तुका बारेमा आफ्ना सुझाव दिन विभिन्न सङ्घसंस्था, स्थानीय तह, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चार जगत् तथा आम नागरिकसमक्ष सुझाव माग गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

नीति तथा कार्यक्रमका बारेमा दिइने सुझाव विसं २०७७ को चैत मसान्तभित्र कार्यालयले उपलब्ध गराएको विद्युतीय ठेगानामा पठाइसक्नुपर्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ७ : ३४ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई