यसरी बनाउन सकिन्छ स्वादिष्ट 'मसरुम करिस्मा' | Khabarhub Khabarhub

यसरी बनाउन सकिन्छ स्वादिष्ट ‘मसरुम करिस्मा’


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री

२५० ग्राम मसरुम (च्याऊ), २० ग्राम मधेशी बदाम, ४/५ वटा ल्वाङ, सुकुमेल, ईलाइची, तेजपात, २ चम्चा क्रिम, १०० ग्राम पनिर, १०० ग्राम मसिनो गरेर काटेको प्याज, १०० ग्राम काटेको टमाटर, १०० ग्राम मटरकोशा, १०० ग्राम सानो गरी काटेको काउलीको टुक्रा, आधा चम्चा शाही जिरा, कसुरि मेथी नपाएमा (१ कल्ली मसिनो गरेर काटेको मेथीको साग) १ भेडे खोर्सानी, रातो कास्मीरी खुर्सानीको पाउडर १ चम्चा, जिरा, धनियाँ, बेसार आधा आधा चम्चा, राम्रो केसर तेल, नुन, अजिनोमोटो इच्छाअनुसार, २५ ग्राम खुवा ३ चम्चा दही, २ मुठा हरियो धनियाँ ।

बनाउने तरिका :

केसरलाई तातो १ कप दूधमा भिजाई राख्नु र मसरुमलाई सफा गरी काटेर अलिअलि फ्राई गरेपछि पनिर, प्याज, लसुन, टमाटर, खुवा, बदाम, कसुरी मेथी हाली राम्रोसँग तेल निक्लने गरी भुट्नु र केहीबेर भुटेपछि अन्य मसलाहरू राखी काउली, मटरकोशा, खोर्सानी, च्याऊ सबै राखी एक कप पानी हालेर सानो आगोमा १०/१५ मिनेट छोपेर पकाउनु । त्यसपछि क्रिम, केसर, धनियाँ, गरम मसला राखी केहीबेर पकाउनु । अब तपाईंको परिकार तयार भयो ।

साभार : सजिलो कुकिङपुस्तकबाट

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ५ : ०५ बजे

एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौं – एसिया कपको फाइनलमा भारत र पाकिस्तान भिड्ने भएका

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असोज १० गते शुक्रबार। आश्विन

आज २०८२ साल असोज १० गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज १० गते शुक्रबार। आश्विन

तुइनखोलाको पहिरो हटाएपछि दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक

चितवन – मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको

प्रचण्ड भन्छन् : पार्टी नेतृत्वसम्बन्धी बहसलाई निकर्षमा पुर्‍याउँछौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल