सरकारले जनतामा ‘सुरुङ युग’को भ्रम छरेको कांग्रेसको आरोप « Khabarhub

सरकारले जनतामा ‘सुरुङ युग’को भ्रम छरेको कांग्रेसको आरोप


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याउनु असंवैधानिक कदम भएको ठहर गरेको छ ।

बजेटबारे पार्टीको धारणा सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सांसद एवं छायाँ सरकारका अर्थमन्त्री डा. मिनेन्द्र रिजालले संसद नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत बजेट ल्याउनु गलत भएको बताएका हुन् । ‘सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला भएपछि सरकारको जसले जिम्मेवारी पाउँछ त्यसैले बजेट ल्याइहाल्छ नि ! यो विचारमा अहिले पनि हामी प्रष्ट छौँ ।’

जनतामा बजेटको लोकप्रियता बढेकाले विपक्षीले सरकारको विरोध गरेको सत्तापक्षका नेताहरुले बताइँरहदा कांग्रेसले यो सरकारको जनमत बढ्दै छ भनेर कसैलाई पनि भ्रम नभएको स्पष्ट गरेको छ ।

‘यो सरकारको जनमत बढ्दै छ भनेर कसैलाई पनि भ्रम छैन । यो सरकार आफ्नो अलोकप्रियताको सबैभन्दा गहिरो विन्दुमा पुगेको छ । त्यसैले बजेटमार्फत यो सरकार लोकप्रिय होला कि भन्ने हामीलाई चिन्ता छैन ।’ सांसद रिजालले भने, ‘हामीलाई देश र जनताको चिन्ता छ । जनता दुःखमा छन् । कोरोनाको कहरमा छौँ । अर्थतन्त्र बिग्रने खतरा छ । राजनीतिप्रतिको निराशा छ ।’

उनले जनता सुरुङको अन्धकारमा धकेलिएको तर सरकारले देशमा सुरुङ युग शुरू भएको गफ दिएको टिप्पणी गरे । उनले भने, ‘जनता सुरुङको अन्धकारमा धकेलिएका छन् । तर सरकार देशमा सुरुङको युग शुरू भयो भन्छ ।’

सरकारले वर्तमान समस्या समाधानमा ध्यान दिने भन्दा पनि पाँच वर्ष–दश वर्षपछिको कुरा गरेर जनतालाई भ्रममा पार्ने काम गरेको उनले आरोप लगाए ।

नेता रिजालले संसद पुनःस्थापना हुने कुरामा कुनै पनि शंका नरहेको पनि स्पष्ट पारे । ‘अहिले पनि विश्वास छ । सर्वोच्चले संविधान, न्याय र जनताको पक्षमा फैसला गर्छ भन्ने पूर्ण विश्वास छ । सर्वोच्चले गर्ने निर्णयपछि देशले मुक्ति पाउँछ ।’ उनले थपे, ‘लामो समयदेखि गफ हाक्ने, डिङ हाक्ने र अहंकारी सरकारबाट मुक्ति प्राप्त हुन्छ ।’

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ३ : २८ बजे

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण

साउनको दोस्रो सोमबार पशुपतिनाथ र डोलेश्वरमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ, भक्तपुरको डोलेश्वरलगायत देशभरका शिवालयमा

सुनसरी झडपका घाइतेको नि:शुल्क उपचार र निष्पक्ष छानबिनका लागि स्वास्थ्यमन्त्रीको पहल

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको

ओली र प्रचण्डको प्रदेश सत्ता समीकरणप्रति बास्कोटाको कटाक्ष: ‘अन्तिम भोज त होइन?’

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश सरकारमा आफ्नो

कोशी र लुम्बिनीमा मुख्यमन्त्री फेर्ने ओलीको तयारीले किचलो, बागमतीमा पनि झमेला

काठमाडौं- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सत्ता