संवैधानिक इजलासमा विवाद : दुई न्यायाधीशद्वारा हट्न अस्वीकार, आज आदेश आएन « Khabarhub

संवैधानिक इजलासमा विवाद : दुई न्यायाधीशद्वारा हट्न अस्वीकार, आज आदेश आएन


१७ जेष्ठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद विघटनसम्बन्धी मुद्दाहरूको सुनुवाइका लागि गठित संवैधानिक इजलासबारे विपक्षी कानून व्यवसायीहरूबाट गम्भीर प्रश्न उठेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशहरू छलफलमा जुटेपनि आज कुनै आदेश जारी भएन ।

संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश हट्नुपर्ने भन्ने विपक्षी कानून व्यवसायीहरुको दबाबपछि भएको बहसमाथि आन्तरिक छलफल भएको हो । तर इजलासमै एक मत नभएपछि आज कुनै आदेश जारी नभएको बुझिएको छ ।

संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूसँग प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संयुक्त रूपमा र न्यायाधीशहरूबीच बेग्ला-बेग्लै छलफल गरे पनि कुनै आदेश जारी नभएको सर्वोच्च स्रोतले जनाएको छ ।

प्रधानन्यायाधीशसहित सबै न्यायाधीशहरू सर्वोच्च अदालतबाट बाहिरिएका छन् । स्रोतका अनुसार भोलि संवैधानिक इजलासमै यसबारे आदेश सुनाइनेछ ।

विपक्षीले इजलासमा बस्न नमिल्ने भनेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले आफूहरू कुनै वकिलले भनेका भरमा इजलासबाट बाहिर नजाने अडान लिएका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ४ : ४२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस