प्रधानमन्त्रीको आक्रोश : आफूले चाहेको न्यायाधीश मात्र मान्ने भनेर वितण्डा मच्चाइयो « Khabarhub

प्रधानमन्त्रीको आक्रोश : आफूले चाहेको न्यायाधीश मात्र मान्ने भनेर वितण्डा मच्चाइयो


१७ जेष्ठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनविरुद्धका रिट निवेदक पक्षका अधिवक्ताहरूले संवैधानिक इजलासमा तमासा देखाएको बताएका छन् । विपक्षी गठबन्धन र उक्त गठबन्धनसँग आबद्ध अधिवक्ताहरूले संवैधानिक इजलासमा तमासा देखाएको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश पोखेका हुन् ।

एमाले सम्बद्ध युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले आफूले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र मान्ने भनेर वितण्डा मच्चाइएको आरोप लगाए । उनले भने, ‘हामीले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीशमात्र मान्छौं भनेर कालोकोटधारीले न्यायपालिकालाई कुन हैसियतमा पुर्‍याउँदैछन् ? यो गम्भीर विषय हो । उनीहरू न्यायाधीश छान्नेमात्र होइन फैसला पनि हामी नै दिन्छौं भन्दैछन् ।’

प्रधानमन्त्रीले पूर्वप्रधानन्यायाधीशहरूको वक्तव्यबाजीप्रति पनि आपत्ति जनाएका छन् । देशलाई पूर्वहरूको विषाक्त विचारबाट मुलुकलाई जोगाइने उनले बताए ।

पूर्वहरूका नाममा केही व्यक्तिले बजेट ल्याउन नदिने, विकास निर्माण हुन नदिने खालका हर्कत गरे पनि उनीहरू सफल नहुने ओलीको भनाइ छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ५ : ४४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस