नागढुङ्गा नाकामा प्रजिअको अनुगमन (फोटोफिचर) « Khabarhub

नागढुङ्गा नाकामा प्रजिअको अनुगमन (फोटोफिचर)


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा अत्यावश्यक वस्तुको सहज आपूर्ति भइरहेको बताएका छन् ।

अत्यावश्यक वस्तु बोकेका सवारीलाई नाकामा नै रोकिएको गुनासो आएपछि सोमबार काठमाडौँको नागढुंगा नाका अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी पराजुलीले नाकाबाट सुरक्षा सतर्कता अपनाएर निर्वाध रुपमा अत्यावश्यक वस्तु बोकेका सवारी साधनलाई प्रवेश दिइएको बताए ।

उपत्यकामा जारी गरिएको निषेधाज्ञालाई सर्वसाधारणले पालना गरेका कारण नै कोरोना संक्रमितको संख्या घट्दै गएको उनको भनाइ छ । पराजुलीले जेठ २० गतेदेखि खाद्यान्न र निर्माण कार्यलाई खुकुलो बनाइने पनि जानकारी दिए ।

कोरोना महामारीलाई रोक्न उपत्यकाको प्रशासन कार्यालयले जेठ २० गतेसम्म उपत्यकामा कडा निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ६ : ३५ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा