दुई न्यायाधीशको राय : प्रश्न उठेकै कारण हामी इजलासबाट हट्नुपर्दैन « Khabarhub

दुई न्यायाधीशको राय : प्रश्न उठेकै कारण हामी इजलासबाट हट्नुपर्दैन


१७ जेष्ठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — संवैधानिक इजलासका दुई न्यायाधीशहरूले कानून व्यवसायीहरुबाट प्रश्न उठेकै कारण आफूहरू हट्नु नपर्ने राय व्यक्त गरेका छन् ।

आइतबारको मिति राखेर सोमबार वितरित रायमा उनीहरूले यसअघिको फैसलाका कारण यो मुद्दा हेर्न आफूहरुलाई आचारसंहिताका दृष्टिकोणले कुनै कठिनाई नभएको दावी गरेका हुन् ।

‘ऋषि कट्टेलजीको मुद्दा नितान्त फरक हो, त्यो मुद्दामा व्यक्त राय र पुनरावलोकन नगर्ने भनी गरेको आदेशले प्रतिनिधिसभा विघटनको मुद्दामा सम्बन्ध राख्दैन,’ न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठले तयार पारेको राय उदृत गर्दै सर्वोच्च अदालत स्रोतले भन्यो, ‘केवल प्रश्न उठेकै कारणले मात्रै मुद्दाबाट अलग हुनु पर्दैन । इजलासमा बस्दा पनि न्यायाधीशको आचारसंहिताको उल्लंघन हुँदैन ।’

आइतबार सुनुवाइ सकिएपछि न्यायाधीशद्वय केसी र श्रेष्ठले मौखिक रुपमा इजलासमा बस्ने बताए पनि कुनै लिखित आदेश वा राय व्यक्त गरेका थिएनन् । तर, सोमबार उनीहरूको रायसहितको आदेशको प्रति संवैधानिक इजलासका सबै न्यायाधीशहरूलाई बुझाइएको थियो । त्यसमा प्रधानन्यायाधीशसहित कुनै पनि न्यायाधीशले हस्ताक्षर गरेका छैनन् ।

गत शुक्रबार र आइतबार (हिजो) विपक्षी कानून व्यवसायीहरूले संवैधानिक इजलासमा सहभागी भएका न्यायाधीश बमकुमार श्रेष्ठमाथि प्रश्न उठाएका थिए । त्यो प्रश्नपछि न्यायाधीश तेजबहादुर केसी र प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरासम्म पुगेर ठोक्किएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ७ : ४० बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको