दुग्ध पदार्थको मौज्दात रहँदा भुक्तानी रोकियो « Khabarhub

दुग्ध पदार्थको मौज्दात रहँदा भुक्तानी रोकियो


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत वर्षको बन्दाबन्दीदेखिको दुग्ध पदार्थको मौज्दात रहँदा किसानलाई समयमा नै रकम भुक्तानीमा समस्या भएको छ । डेरी उद्योगीसँग पर्याप्त मात्रामा दुग्ध पदार्थको मौज्दात रहँदा तोकिएको समयमा किसानलाई रकम भुक्तानीमा समस्या भएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।

बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले धेरै मौज्दात र पुनः जारी गरिएको निषेधाज्ञाका कारण दुग्ध पदार्थको खपतमा कमी आउँदा भुक्तानीमा समस्या भएको बताए । उनका अनुसार पछिल्लो समय ५० प्रतिशतले दुग्ध पदार्थको खपतमा कमी आएको छ ।

बोर्डको तथ्याङ्क अनुसार निषेधाज्ञाका कारण व्यवसायीसँग ठूलो मात्रामा दुग्ध पदार्थको मौज्दात रहेको छ । बन्दाबन्दी अघि दैनिक रुपमा आठ लाख ५० हजार लिटर दुध खपत हुने गरेकोमा हाल ४ लाख ३५ हजारको हाराहारीमा मात्र खपत हुँदै आएको छ । यसैगरी, ४ हजार एक सय मेट्रिक टन बटर तथा २ हजार ५ सय मेट्रिक टन धुलो दुध मौज्दात रहेको छ ।

मौज्दात धेरै हुँदा किसानलाई समयमा भुक्तानी दिन समस्या भएको छ । ठुलो मात्रामा मौज्दात हुँदा पशुलाई दाना चोकर उपलब्ध नहुने, पशुपालन व्यवस्थापनमा असर पर्ने, दैनिक दूध संकलन तथा विक्री नहुने, दूध उत्पादन घट्ने, पशु पालनमा असहजता आउनुका साथै आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा प्रत्यक्ष असर परिरहेको जनाईएको छ ।

दूध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना भाइरस विरुद्धको दीर्घजीवन भन्ने नाराका साथ विश्व दूध दिवसको पूर्वसन्धामा सोमबार भर्जुअल माध्यमबाट गरिएको पत्रकार सम्मेलनमा सहभागी दुग्ध क्षेत्रमा संलग्न व्यक्तिले निषेधाज्ञाको समयमा दुग्ध पदार्थको खपतमा कमी आउँदा किसानलाई रकम भुक्तानीमा समस्या भएको जनाएका थिए ।

यसैगरी, काठमाडौँ उपत्यकाका तीन जिल्लामा कडाइ गरिएको निषेधाज्ञाको समयमा दुग्ध पदार्थ ढुवानीका साधनमा अवरोध भएको गुनासो गरेका थिए ।

बोर्डले मंगलबार विश्व दूध दिवस मनाउँदै छ । विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्‍याएको योगदानको मनन गर्दै दूध माथिको पहुँच बढाउन खाद्य तथा कृषि संगठनले जुन १, २००१ बाट विश्व दूध दिवस मनाउन शुरू गरेको हो ।

नेपालमा सन् २०११ बाट केन्द्रीय दुग्ध सहकारी संघ लिले विश्व दूध दिवस मनाउन शुरू गरेको हो । सन् २०१२ बाट राष्ट्रिय दग्ध विकास बोर्डले सरोकारवालालाई सहभागी गराई विश्व दूध दिवस कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ७ : ५० बजे

फेलोसिप चिकित्सकलाई नवौँ तह सरहको पारिश्रमिक अनिवार्य

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रमअन्तर्गत कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक

वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण

बागमती– पढ्ने उमेर भए पनि मकवानपुरको मनहरी गाउँपालिका–४ वनकरिया बस्तीका

पाक-अफगान द्वन्द्व : मध्यस्थता गर्ने इरानको प्रस्ताव, तनाव नबढाउन चीनदेखि रुससम्मको अपिल

अफगानिस्तान–पाकिस्तान तनाव: चीनसहित विभिन्न देश र संयुक्त राष्ट्रको संयमको अपिल

शस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

महेन्द्रनगर- सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा

पाँच वर्ष देश बनाउने स्पष्ट भिजनका साथ अगाडि बढेका छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश