अफगानिस्तानमा सुरक्षा कारबाहीमा कम्तीमा १०० लडाकू मारिए « Khabarhub

अफगानिस्तानमा सुरक्षा कारबाहीमा कम्तीमा १०० लडाकू मारिए


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानको विभिन्न प्रान्तमा तालिबान लडाकूविरुद्ध गरेको सुरक्षा कारबाहीमा कम्तीमा एक सय तालिबान लडाकू मारिएका छन् ।

घटनामा अरु ९० जना घाइते भएको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ ।

अफगानको सुरक्षा बलले यहाँको पश्चिमी प्रान्त हेरातमा गरेको कारबाहीमा ५२ जना तालिबान लडाकू मारिएको जनाएको छ । साथै अन्य ४७ जना घाइते भएका छन् ।

हेरात कै घोर्यान जिल्लामा १३ लडाकू मारिएका छन् भने अन्य २२ जना घाइते भएका छन् । घटनास्थलबाट सुरक्षाकर्मीले लडाकूहरुले प्रयोग गर्ने सवारी साधन, विस्फोटक पदार्थलगायत नियन्त्रणमा लिएको पनि सरकारी अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी कान्दाहार प्रान्तमा ३६ लडाकू मारिएका छन् भने २० जना घाइते भएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ६ : ४१ बजे

महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन

महोत्तरी– भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर

बाढीले बगाएको गैँडा कसरा ल्याइने

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा