प्रदेश-२ र कर्णाली बाहेकका प्रदेशमा 'भारी वर्षा' को सम्भावना | Khabarhub Khabarhub

प्रदेश-२ र कर्णाली बाहेकका प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मनसुन सक्रिय भएसँगै आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार आज प्रदेश-२ र कर्णाली प्रदेश बाहेकका सबै प्रदेशमा भारी वर्षाको सम्भावना छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो मुलुकका अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति गण्डकी र सदूरपश्चिम प्रदेका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

२०७८ श्रावण १६ गते

दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति :  देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ श्रावण १७ गते

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति :  देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ श्रावण १८ गते

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति :  देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ७ : ११ बजे

मन्त्रिपरिषद् : फिन्ल्यान्डको १३ मिलियन युरो स्वीकार, दुई सहसचिवको सचिवमा बढुवा

काठमाडौं- मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले फिनल्याण्ड सरकारबाट प्राप्त १३

मदन-आश्रितलाई सम्झिँदै ओलीले भने : दासढुंगा घटना प्रकरण निक्कै रहस्यपूर्ण थियो

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणको काममा अब

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो

लिङ्देनको सुझाव : संसद् खोल्न समिति बनाऊँ, गृहमन्त्रीको राजीनामा पछिको कुरा हो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य राजेन्द्र

चितवन निकुञ्जका जनावरको आक्रमणबाट सात जनाको मृत्यु

चितवन– जंगली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ ।