नक्कली परीक्षार्थी पक्राउ « Khabarhub

नक्कली परीक्षार्थी पक्राउ


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा सामेल भएका चार जना युवालाई नक्कली परीक्षार्थीको आरोपमा शुक्रबार पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुदीपकुमार रोकाया, सुन्दर चौधरी, दीपेन्द्र जप्रेल तथा रामनरेश चौधरी रहेका छन् ।

उनीहरुले लिखित परीक्षामा अन्य उमेदवार सामेल गर्न लगाई लिखित परीक्षा पास भएपछि अहिले मौखिक परीक्षामा आफैँ उपस्थित भएका कारण छानबिनका क्रममा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक केशव पन्तले जानकारी दिए ।

पक्राउ परेकालाई कीर्ते गर्न नहुने कसुरअन्तर्गत मुद्दा चलाउन म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ११ : १० बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या