नक्कली परीक्षार्थी पक्राउ « Khabarhub

नक्कली परीक्षार्थी पक्राउ


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा सामेल भएका चार जना युवालाई नक्कली परीक्षार्थीको आरोपमा शुक्रबार पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुदीपकुमार रोकाया, सुन्दर चौधरी, दीपेन्द्र जप्रेल तथा रामनरेश चौधरी रहेका छन् ।

उनीहरुले लिखित परीक्षामा अन्य उमेदवार सामेल गर्न लगाई लिखित परीक्षा पास भएपछि अहिले मौखिक परीक्षामा आफैँ उपस्थित भएका कारण छानबिनका क्रममा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक केशव पन्तले जानकारी दिए ।

पक्राउ परेकालाई कीर्ते गर्न नहुने कसुरअन्तर्गत मुद्दा चलाउन म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ११ : १० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना