सामन्थाले थर हटाउदा खैलाबैला | Khabarhub Khabarhub

सामन्थाले थर हटाउदा खैलाबैला


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– दक्षिण भारतीय अभिनेत्री सामन्था अक्किनेनीले हालै मात्र सामाजिक सञ्जालबाट आफ्नो ‘थर’ हटाएकी छन् । जसकारण उनका फ्यानमाझ विशेष चासो बढेको छ ।

सामन्था टलिउड सुपरस्टार नागार्जुनकी बुहारी हुन् । उनले सन् २००७ मा आफ्नो फिल्मको सुरुवात नागार्जुनको जेठा छोरा र अभिनेता नागा चैतन्यको फिल्म ‘ये माया चेस्वा’बाट गरेकी थिइन् । यो फिल्म सुपरहिट भएपछि उनले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन ।

नागा र सामन्थाले चार वर्ष अघि सन् २०१७ मा धुमधामका साथ विवाह गरे । विवाह पछि यी सुन्दरीले आफ्नो नाम पछाडि रहेको थर रुथ प्रभुको स्थानमा अक्किनेनी राखिन् । तर अहिले अचानक अभिनेत्रीले ट्वीटर र इन्स्टाग्रामबाट आफ्नो थर मात्र होइन, नाम नै हटाएकी छन् । उनले यसको स्थानमा अंग्रेजीको ‘एस’ मात्र लेखेकी छन् ।

अभिनेत्रीले नाम र थर नै किन हटाइन् भन्ने जिज्ञासा फिल्मकर्मीसँगै दर्शकमा पनि उत्तिकै छ । कतिपयले कतै उनको नागासँगको सम्बन्धमा खटपट त भएको होइन भन्ने आशंका पनि गरेका छन् ।

व्यावसायिक प्रवद्र्धनमा उत्तिकै सक्रिय रहने यी अभिनेत्रीले यही कामका लागि कतै नाम र थर हटाएको त होइन् भन्ने अड्कलबाजी पनि छ । उनको क्लोथिङ ब्राण्ड साकी निकै चर्चामा छन् ।

सामन्थाको कामको कुरा गर्दा मनोज बाजपेयी स्टारर वेब सिरिज ‘द फेमिली मेन २’को हिस्सा भएर पेन इण्डिया अडियन्समा आफ्नो पहुँच बढाएकी छन् । उनी चाँडै ‘शाकुन्तलम’मा देखिँदैछिन् ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  १२ : १५ बजे

होमशंकर बास्तोलाको ‘रगतको मूल्य’ लोकार्पण

काठमाडौं– कथाकार होमशंकर बास्तोलाको कथासङ्ग्रह ‘रगतको मूल्य’ लोकार्पण गरिएको छ

पन्ध्रौँ महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न गगनले लगाए ‘जुक्ति’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जारी केन्द्रीय समितिको बिहीबार

सिभिल हस्पिटलका नर्स धर्नामा (तस्बिरहरू)

काठमाडौं– निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक र

तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।‍  नेपाल

शेखर पक्षको भेलापछि महामन्त्रीद्वयले बुझाए कार्यवाहक सभापति खड्कालाई नियमित महाधिवेशनको तालिका

काठमाडौं- डा.शेखर कोइराला पक्षको भेलापछि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन