कोरोनाले थलियो पर्यटकीय नगर पोखरा | Khabarhub Khabarhub

कोरोनाले थलियो पर्यटकीय नगर पोखरा



पोखरा– कोरोना भाइरस संक्रमणका कारण झण्डै डेढ वर्षदेखि थला परेको पर्यटकीय शहर पोखरा थलिँदै गएको छ ।

कोरोनाको त्रासका कारण लामो समय गरिएको लकडाउनका कारण गत वर्ष पर्यटक भित्रिने पहिलो सिजन नै ठप्प बन्यो । असार लागेपछि केही खुकुलो बनाइए पनि चहलपहलको वातावण बन्न सकेन ।

लकडाउन खुकुलो पारिएपछि निर्वाध गतिविधि सञ्चालन गर्न नपाएका कारण आन्तरिक पर्यटक पनि बढ्न सकेन । थला परेको पर्यटन व्यवसाय लयमा फर्किन नपाउँदै कोरोनाको दोस्रो लहरले पुनः थलिएको पर्यटन व्यवसायी दिपेश गौतम बताउँछन् ।

गत वर्षमा देखापरेको कोरोना संक्रमणको पहिलो लहर कम हुँदै गएपछि गत फागुनमा लेकसाइटमा सडक महोत्सवसमेत गरिएको थियो । तर २२ औं संस्करणको महोत्सवले विस्तारै चहलपहल बढ्ने आशा पलाइरहँदा एक महिना नबित्दै कोरोनाको दोस्रो लहर फैलिन थाल्यो । संक्रमणको दोस्रो लहरले पोखरालाई नराम्रोसँग प्रभावित बनायो ।

कोरोनाको दोस्र्रो लहर फैलिएको भन्दै स्थानीय प्रशासनले वैशाखदेखि जारी गरेको निषेधाज्ञा अझै कायमै छ । नयाँ आर्थिक वर्ष शुरु हुँदै गर्दा राजश्व संकलन गर्ने उद्देश्यले निषेधाज्ञा खुकुलो पारिए पनि खुला रुपमा व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण अझै बनेको छैन ।

आन्तरिक तथा बाह्य पर्यटकहरुले भरिने पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड अहिले पनि सुनसान देखिन्छ ।

पर्यटकहरुलाई घुमाउने गाइडहरु दिनभर लेकसाइड र ड्यामसाइडको छेउछाउ माछा मारेर बसेका भेटिन्छन् । पोखरा भएर पुगिने विभिन्न पदमार्ग पनि सुनसान नै छन् ।
विदेशी पर्यटकको संख्या शुन्यजस्तै भएको पोखराका होटलहरु आधा सटर उघारेर ग्राहकको पर्खाइमा बसेका छन् ।

गएको मार्च र अप्रिलमा पनि सुनसान बनेको पोखरामा निषेधाज्ञा खुकुलो पारिएपछि चहलपहल बढ्ने विश्वास गरिरहँदा तेस्रो भेरियन्टको त्रासदी फैलिएको छ ।

पर्यटन क्षेत्रमा गरेको अर्बौं लगानी डुब्ने अवस्थाले चिन्तित बनेका पर्यटन व्यवसायीहरु बैंकको ब्याजसमेत तिर्न नसक्के अवस्था भएको बताउँछन् ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  २ : ३२ बजे

राष्ट्र बैंकले तीन अर्ब ३० करोड रुपैयाँ वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल असोज २८ गते मंगलबारको राशिफल

काठमाडौं– आज मिति २०८२ साल असोज २८ गते मंगलबार ।

सन्दीपको रवाफमा कतारविरूद्ध नेपालको रोमाञ्चक जित

मस्कट- ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको

विपिनसहित चार जनाको कफिन आईडीएफले रेडक्रसबाट बुझ्यो, परीक्षण गर्न तेलअभिभ लगिँदै

काठमाडाैं । इजिप्टमा गाजासम्बन्धी शिखर सम्मेलनमा इजरायलि प्रधानमन्त्री बेन्जामिन नेतन्याहू