कोरोनाले थलियो पर्यटकीय नगर पोखरा « Khabarhub

कोरोनाले थलियो पर्यटकीय नगर पोखरा



पोखरा– कोरोना भाइरस संक्रमणका कारण झण्डै डेढ वर्षदेखि थला परेको पर्यटकीय शहर पोखरा थलिँदै गएको छ ।

कोरोनाको त्रासका कारण लामो समय गरिएको लकडाउनका कारण गत वर्ष पर्यटक भित्रिने पहिलो सिजन नै ठप्प बन्यो । असार लागेपछि केही खुकुलो बनाइए पनि चहलपहलको वातावण बन्न सकेन ।

लकडाउन खुकुलो पारिएपछि निर्वाध गतिविधि सञ्चालन गर्न नपाएका कारण आन्तरिक पर्यटक पनि बढ्न सकेन । थला परेको पर्यटन व्यवसाय लयमा फर्किन नपाउँदै कोरोनाको दोस्रो लहरले पुनः थलिएको पर्यटन व्यवसायी दिपेश गौतम बताउँछन् ।

गत वर्षमा देखापरेको कोरोना संक्रमणको पहिलो लहर कम हुँदै गएपछि गत फागुनमा लेकसाइटमा सडक महोत्सवसमेत गरिएको थियो । तर २२ औं संस्करणको महोत्सवले विस्तारै चहलपहल बढ्ने आशा पलाइरहँदा एक महिना नबित्दै कोरोनाको दोस्रो लहर फैलिन थाल्यो । संक्रमणको दोस्रो लहरले पोखरालाई नराम्रोसँग प्रभावित बनायो ।

कोरोनाको दोस्र्रो लहर फैलिएको भन्दै स्थानीय प्रशासनले वैशाखदेखि जारी गरेको निषेधाज्ञा अझै कायमै छ । नयाँ आर्थिक वर्ष शुरु हुँदै गर्दा राजश्व संकलन गर्ने उद्देश्यले निषेधाज्ञा खुकुलो पारिए पनि खुला रुपमा व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण अझै बनेको छैन ।

आन्तरिक तथा बाह्य पर्यटकहरुले भरिने पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड अहिले पनि सुनसान देखिन्छ ।

पर्यटकहरुलाई घुमाउने गाइडहरु दिनभर लेकसाइड र ड्यामसाइडको छेउछाउ माछा मारेर बसेका भेटिन्छन् । पोखरा भएर पुगिने विभिन्न पदमार्ग पनि सुनसान नै छन् ।
विदेशी पर्यटकको संख्या शुन्यजस्तै भएको पोखराका होटलहरु आधा सटर उघारेर ग्राहकको पर्खाइमा बसेका छन् ।

गएको मार्च र अप्रिलमा पनि सुनसान बनेको पोखरामा निषेधाज्ञा खुकुलो पारिएपछि चहलपहल बढ्ने विश्वास गरिरहँदा तेस्रो भेरियन्टको त्रासदी फैलिएको छ ।

पर्यटन क्षेत्रमा गरेको अर्बौं लगानी डुब्ने अवस्थाले चिन्तित बनेका पर्यटन व्यवसायीहरु बैंकको ब्याजसमेत तिर्न नसक्के अवस्था भएको बताउँछन् ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  २ : ३२ बजे

नोटबन्दी गर्ने रास्वपा सांसद्को प्रस्तावमा नेकपा सांसदको समर्थन

काठमाडौं– प्रतिनिधिसभा बैठकमा नोटबन्दी गर्नुपर्ने विषय उठेको छ । राष्ट्रिय स्वतन्त्र

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं– भोटेकोशी र त्रिशूली बाढीबाट क्षति भएका जलविद्युत् आयोजना पुनःनिर्माणमा

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा