लुम्बिनीमा बहुमतको सरकार गठनका लागि बाटो खुला गर्न विपक्षी दलको माग « Khabarhub

लुम्बिनीमा बहुमतको सरकार गठनका लागि बाटो खुला गर्न विपक्षी दलको माग


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेश सभाका विपक्षी चार दलले प्रदेश प्रमुख अमिक शेरचनसँग भेटवार्ता गरेका छन् ।

भेटवार्तामा नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेल नेतृत्वका सरकार अल्पमतमा रहेकाले यसलाई विघटन गरी बहुमतको सरकार गठनका लागि बाटो खोल्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी संसदीय दलका नेताहरुले प्रदेश प्रमुख शेरचनलाई ध्यानाकर्षण पत्र बुझाउँदै बहुमतको नँया सरकार गठनको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

आफूहरुको पक्षमा प्रदेशसभामा हाल कायम रहेको ८० सदस्यमध्ये ४२ जना बहुमत सांसदको समर्थन रहेको र अहिलेको सरकारलाई ३८ जनाको मात्र समर्थन रहेको बताएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कनोडिया, माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चा नेपालका संसदीय दलका नेता तारा जिसीले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्र बुझाउँदै चार दलका ३९ जना सांसद प्रदेश प्रमुख कार्यालय पुगेका थिए ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रदेश प्रमुख शेरचनले संविधान र कानुनसम्मत भए नभएकोबारे आफूले अध्ययन गरी निर्णय गर्ने बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ६ : ०८ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र